२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुसलधारे बर्षा, छ पाकिस्तानीको मृत्यु, दर्जर्नौ नागरिक घाइते

२०७५, १९ फाल्गुन आईतवार १२:१४

फागुन १९, इश्लामावाद (रासस/सिन्ह्वा) | पाकिस्तानको दक्षिण पश्चिमी बालुचिस्तान प्रान्तमा मुसलधारे बर्षा हुँदा कम्तिमा छ जनाको मृत्यु भएको छ भने दर्जर्नौ नागरिक घाइते भएका आइतबार पाकिस्तानी अधिकारीले जनाएका छन् । 

बालुचिस्तानमा मुसलधारे पानी र कतिपय उच्च पहाडी क्षेत्रमा हिम बर्षासमेत भएका कारण यहाँको सामान्य जनजीवन प्रभावित बनेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

प्राप्त जानकारी अनुसार बर्षापछि कतिपय स्थानमा आएको बाढीका कारण कतिपय होचोस्थानमा रहेका वस्तीहरूमा डुवान भएको छ भने कतिपय घरहरू भत्केका छन् । मृत्यु हुने अधिकांश महिला तथा बालबालिका रहेका र उनीहरूको करेन्ट लागेर वा बाढीका कारण भत्केका भवनका भग्नावशेषमा परेर मृत्यु भएको छ । 

बाढीका कारण कैयौँ सडक तथा रेलका लिकहरू डुवानमा पर्दा यातायात सेवा समेत अवरूद्ध बनेका छन् । 

वस्तीमा पानी पसेपछि भागेर सुरक्षित ठाँउमा पुगेका जनताहरू सयौँको सङ्ख्यामा खुला आकाशमूनि बस्न बाध्य भएका छन् । मौसमविद्हरूले नदी किनार र होचो वस्तीमा थप बाढी तथा डुवान हुनसक्ने चेतावनी दिएपछि कैयौँ वस्तीका जनतालाई सुरक्षित स्थलतर्फ सारिएको छ । 

यसैबीच अफगानिस्तानको कान्दहार प्रान्तमा शनिबार व्यापक बर्षापछि आएको बाढीमा परी १२ जना अफगानी नागरिकको मृत्यु भएको र १८ जना घाइते भएको स्थानीय समाचार संस्था तोलो न्युजले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै