२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियाका पूर्व राष्ट्रपति जमानतमा रिहा

२२ फाल्गुन २०७५, बुधबार ०८:००

फागुन २२, सियोल । भ्रष्टाचारको आरोपमा थुनामा रहेका दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाक माथिल्लो अदालतको आदेशपछि बुधबार जमानतमा रिहा हुनुभएको छ । 

सन् २००८ देखि २०१३ सम्म कोरियाको राष्ट्रपति ली तल्लो अदालतले गत वर्ष अक्टोबरमा घुसखोरी र धोखाधडीको आरोपमा १५ वर्षको जेल सजाय दिएको थियो । उहाँले अदालतको उक्त आदेश विरुद्ध माथिल्लो अदालतमा उजूरी दिएका थिए । 

सियोल उच्च अदालतले पूर्व राष्ट्रपति ली ले आफ्नो स्वास्थ्य अवस्था अत्यन्त कमजोर रहेको भन्दै गत जनवरी २९ मा दिनुभएको निवेदनलाई स्वीकृत गरेको थियो । 

अदालतको आदेशमा पूर्व राष्ट्रपति लीलाई आफ्नै निवास छाडेर बाहिर ननिस्कन तथा आफ्ना निकट परिवारका सदस्य र कानुनी प्रतिनिधिसँग मात्र भेटघाट वा कुराकानी गर्न अनुमति दिइएको छ । उहाँमाथि अदालतले करिब ९ लाख डलर जमानत रकम माग गरेको छ । पूर्व राष्ट्रपति लीले उक्त शर्तहरु स्वीकार्नु भएको छ । 

लीले स्वास्थ्य जाँचका लागि अस्पताल जानु परे अदालतको अनुमति लिनुपर्ने तथा निवास फर्किएपछि अदालतलाई त्यसको जानकारी दिनुपर्ने छ । उहाँले दैनिक कार्यहरुको सूची समेत बनाउनु पर्नेछ । 

पूर्व राष्ट्रपति ली माथि आफू राष्ट्रपति हुँदा नातेदारको कम्पनीलाई लाभ पु¥याएको तथा सामसुङ कम्पनीबाट करिब ५२ लाख अमेरिकी डलर घुस लिएको आरोप लागेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…