२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२१ वर्षीय युवतीले मार्क जुकरबर्गको रेकर्ड तोड्दै विश्वकै कान्छी अर्बपति बनिन्

२०७५, २३ फाल्गुन बिहीबार ०७:०५

काठमाडौं । मार्क जुकरबर्गको रेकर्ड तोड्दै विश्वकै कान्छी अर्बपति बनेकी केइली जेनरका विषयमा विश्वव्यापी चासो बढेको छ ।

२१ वर्षकी केइली चर्चित रियालिटी स्टार किम कार्दशियनकी बहिनी हुन् । अमेरिकी म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको २०१९ को अर्वपति सूचीले उनलाई विश्वकै कान्छी अर्बपतिको रुपमा चिनाएको छ । उनले २०१६ मा कस्मेटिक्स उद्योग स्थापना गरेकी केइलीले दुई वर्षमै ठूलो सफलता हासिल गरेकी छन् ।


उनको कम्पनीले करिब नब्बे करोड डलर (१ खर्ब रुपैयाँभन्दा बढि) को सम्पत्ति आर्जन गरेको फोर्ब्सले जनाएको छ । उनलाई ‘सेल्फ मेड’ अर्बपति भनिएको छ ।

केइलीले विगत तीन वर्षदेखि अनलाइन तथा विभिन्न ऐपमार्फत आफ्नो कस्मेटिक उत्पादन बिक्री-वितरण गर्दै आएकी छिन् । उनले अल्ट्रा नामक कम्पनीसित सम्झौता गरेपश्चात उनको कस्मेटिक एक हजारभन्दा बढी स्टोरमा बिक्री हुँदै आएको छ ।

ओपन हेइमरका अनुसार उक्त सम्झौता गरेको करिब ६ हप्तामै केइली कस्मेटिक्सले अल्ट्रामार्फत पाँच करोड ४० लाख अमेरिकी डलर बराबरको आफ्नो उत्पादन बिक्री गर्न सफल भएको थियो । त्यसयता केइलीले आफ्नो कम्पनीमार्फत झण्डै ६३ करोड अमेरिकी डलर बराबरको व्यापार गर्न सफल भइसकेको छ ।

कम्पनीकी मालिक केइली एक्लै हुन् । जम्मा २९ डलरको लिपिस्टकबाट कारोवारको सुरुवात गरेकी उनको कम्पनीको मुल्य अनुमानित नब्बे करोड डलर पुगेको छ ।

उनको आयमा यसरी नै बढ्यो भने तीन वर्षमै विश्वकै धनी महिलाको सुचीमा पर्नेछिन् र, उनले फेसबुका संस्थापक मार्क जुकरवर्गलाई समेत पछि पार्नेछिन् ।

मार्क जुगरवर्ग २३ वर्षको उमेरमा फोर्ब्सको अर्बपति सुचीमा पर्न सफल भएका थिए ।

केइलीको कम्पनीको प्रोडक्ट बनाउने तथा प्याकेजिङ गर्ने काम सिड व्युटीले गर्दै आएको छ । यसैगरी बिक्री तथा बजार व्यवस्थापन सोपिफाई नामको कम्पनीले गर्दै आएको छ । कम्पनीको वित्तीय जिम्मा उनकी आमा क्रिसले गर्दै आएकी छिन् ।

केइलीले आफ्नो प्रोडक्टको मार्केटिङ्ग सोसियल मिडियामार्फत गर्र्दै आएकी छिन्, जहाँ उनको लाखौं फलोअर्स छन् । ‘यो सामाजिक सञ्जालकै शक्ति हो, जसबाट मैले केही कुरा सुरु गर्नुअघि लाखौं जनतासम्म पुगिसक्छ,’ केइलीले भनिन् ।

अल्ट्रा र केइलीको समन्वय उदाहरणीय छ । अल्ट्रामार्फत केइलीले महंगोदेखि सस्तो प्रोडक्ट बिक्री गर्छिन् । विश्लेषकहरुका अनुसार केइली केस्मेटिकले बालबालिकादेखि सबै उमेर समूहलाई आर्कषित गरिरहेको छ । क्रेडिट कार्ड नहुने तथा अनलाइनमार्फत सामान खरिद नगर्नेहरुको पहुँचमा समेत केइली पुग्न सफल भैसकेकी छिन् ।

अल्ट्राले केइलीको उत्पादन प्रबद्र्धनमा प्रमुख भूमिका निर्वाह गरेको छ । सेफोराको तुलनामा अमेरिकामा मात्र यसको सात सय बढी स्टोर छन् । अल्ट्राले अहिलेलाई त यस्तो ब्राण्ड पाएको छ, जसलाई मार्केटिङ्ग गर्न आवश्यक छैन । उनीहरुलाई आफ्नो उत्पादन बजारमा लैजान खासै कुनै फण्डा अपनाउनु पनि परेको छैन ।

केइलीले सन् ०१७ मा ३० वटा नयाँ उत्पादन सार्वजनिक गरेकी थिइन् जसमा कन्सिलर, मेकअप ब्रश लगायत थिए ।

सन् २०१८ मा विभिन्न रङ्गमा यी उत्पादन बजारमा ल्याइएको थियो । हाल केइलीको कम्पनीबाट उत्पादित म्याटको लिपस्टिक तथा म्याचिङ्ग लिपलाइनर निकै चर्चित छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै