२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाजामा भएको झडपमा एकको मृत्यु, ४२ जना घाइते

२०७५, २५ फाल्गुन शनिबार ०८:२२

फागुन २५, गाजा । इजरायलसँग सीमा जोडिएको पूर्वी गाजामा भएको झडपमा परी एक प्यालेस्टिनीको मृत्यु भएको छ भने अरु ४२ जना घाइते भएका छन् । 

शुक्रबार मृत्यु हुने र घाइते हुने सबै जना प्यालेस्टिनी प्रदर्शनकारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । प्रदर्शनमा उत्रिएका उनीहरुलाई इजरायली सुरक्षाकर्मीहरुले गोली प्रहार गरेका थिए । 

गोली प्रहारबाट दक्षिणी गाजाको रफाहका २३ वर्षीय तामर अराफातको मृत्यु भएको छ । गम्भीर घाइते भएका अराफातको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल क्वेद्राले जानकारी दिनुभयो । 

उहाँले इजरायली सुरक्षाकर्मीको गोली लागेर घाइते भएका ४२ जनामध्ये दुई जना महिला, १५ जना बालबालिका, चार जना स्वास्थ्यकर्मी र दुई जना पत्रकार पनि रहेको बताउनुभयो । 

इजरायल–गाजा सीमा क्षेत्रमा प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली सुरक्षाकर्मीबीच लामो समयदेखि हरेक सप्ताहान्तमा प्रदर्शन र झडप हुँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै