२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाली नेताका सौतेनी दाईको हत्या अरोपी महिला थुनामुक्त

२७ फाल्गुन २०७५, सोमबार १५:५०

फागुन २७, मलेसिया | उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाई किम जोङ नामको हत्या गरेको आरोपमा थुनामा रहेकी इन्डोनेशियाकी एक महिलालाई सोमबार रिहा गरिएको छ । 

इन्डोनेशियाकी नागरिक सिती अल्स्यान विरुद्ध दर्ता गरिएको मुद्धा फिर्ता भएकाले मलेशियाबाट उहाँलाई रिहा गरिएको अधिकारीहरुले जनाएका छन् ।

सन् २०१७ को फेब्रअरीमा क्वालालम्पुर विमानस्थलमा किम जोङ नामको मुखमा “भीएक्स नर्भ एजेन्ट” भनिने विषालु पदार्थ दलिदिएको आरोपमा उहाँ र अर्की भियतनामकी महिला डोन थी हौङलाई थुनामा राखिएको थियो । 

लामो समयपछि अल्स्यानको मुद्दामा प्रतिवादी पक्षको सुनुवाइ सुरु हुन लागेकै बेला मद्दद्धा फिर्ता भएको हो । सो मुद्दा हेरिरहेका अभियोजनकर्ताले कुनै कारण स्पष्ट नपारी सिती अल्स्यान विरुद्धका मुद्दाहरु फिर्ता गर्न अनुरोध गरेका थिए । 

इन्डोनेशियाका कानुनमन्त्रीलाई पठाइएको एउटा पत्रमा मलेशियाका महान्यायाधिवक्ताले दुई देशबीचको सुमधुर सम्बन्धमा असर नपार्नका लागि मुद्दा फिर्ता लिइएको उल्लेख गरेका छन् । 

सरकारी अभियोजनकर्ताको आग्रह अनुसार न्यायाधीशले मुद्दा फिर्ता लिन स्वीकार गरेपनि अल्स्यानलाई लागेको आरोपबाट सफाइ भने दिइनसकिएको अधिकारीहरुले बताएका छन् । 

इन्डोनेशियाकी अल्स्यान र भियतनामकी हौङ दुवैले हत्याको आरोप अस्वीकार गर्दै आएका छन् । उनीहरुले एउटा टीभी कार्यक्रमका लागि आफुहरु त्यहाँ गएको बताउदै आएका थिए । 

सोमवार हौङको बयान हुन लागेको थियो । अल्स्यानको मुद्धा फिर्ता भएपनि हौङको बयान भने पछाडी सारिएको छ । 

मकाऊ जाने विमान कुरेर क्वालालम्पुर विमानस्थलमा बसेका बेला किममाथी आक्रमण भएको थियो । आक्रमणको २० मिनेटमै उहाँको मृत्यु भएको थियो । 

क्वालालम्पुर विमानस्थलको सीसीटीभी दृष्यमा एक महिला किमतिर गएको र विमानस्थलको प्रस्थान क्षेत्रमा दुई महिलाहरू गएको देखिएको छ । त्यसपछि उनीहरूमध्ये एक जनाले किमको अनुहारमा हात राखेको र दुवै जना तत्कालै त्यहाँबाट भागेको दृश्य भिडियोमा देखिएको अधिकारीहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…