२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूजिल्याण्डको इतिहासकै कालो दिन: मस्जिद गोलीकाण्डमा ४० जनाको मृत्यु

१ चैत्र २०७५, शुक्रबार ०७:५५

चैत्र १, काठमाडौं | न्यूजिल्याण्डको क्राइस्ट चर्चमा रहेका दुईवटा मस्जिदमा गोली हानाहान हुँदा ४० जनाको मृत्यु भएको छ । 

अल नूर मस्जिदमा भएको आक्रमणमा परि ३० जना र लिनउड मस्जिदमा भएको आक्रमणमा परि १० जनाको ज्यान गएको सञ्चार माध्यमले जनाएका छन् ।  न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले आक्रमणमा परि ४० जनाको ज्यान गएको र २० जना घाइते भएको पुष्टि गरेकी छिन् । न्यूजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले घटना न्यूजिल्याण्डको इतिहासकै सबैभन्दा कालो दिन भएको बताएकी छिन् ।

घाइतेको अस्पताल लैजाने काम चलिरहेको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित चारजनालाई पक्राउ गरेको छ । क्राइस्टचर्चमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । यो क्षेत्रमा विद्यालय र अस्पलात बन्द गरिएको छ ।




न्यूजिल्याण्डमा भएको यो आक्रमणको विश्वभरिबाट निन्दा गरिएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाको आलोचना गर्दैै आतंकवादको कुनै धर्म नहुने बताएका छन् । त्यस्तै टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले घटनाको निन्दा गर्दै शोकाकुल परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।




घटनास्थल नजिकै रहेको बंगलादेशको राष्ट्रिय क्रिकेट टिम मुश्किलले जोगिएको छ । तेश्रो तथा अन्तिम टेस्ट खेल्न राति क्राइस्टचर्चको हेग्ली क्रिकेट मैदान जाने क्रममा बंगलादेशी क्रिकेट खेलाडी चढेको गाडी मस्जिद नजिकै पुग्दा गोलीकाण्ड भएको थियो । गोली चलेलगत्तै खेलाडी बसबाट झरेर भागेकाले कुनै क्षति नभएको बंगलादेशको क्रिकेट बोर्ड बीसीबीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…