२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूजिल्याण्डको इतिहासकै कालो दिन: मस्जिद गोलीकाण्डमा ४० जनाको मृत्यु

२०७५, १ चैत्र शुक्रबार ०७:५५

चैत्र १, काठमाडौं | न्यूजिल्याण्डको क्राइस्ट चर्चमा रहेका दुईवटा मस्जिदमा गोली हानाहान हुँदा ४० जनाको मृत्यु भएको छ । 

अल नूर मस्जिदमा भएको आक्रमणमा परि ३० जना र लिनउड मस्जिदमा भएको आक्रमणमा परि १० जनाको ज्यान गएको सञ्चार माध्यमले जनाएका छन् ।  न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनले आक्रमणमा परि ४० जनाको ज्यान गएको र २० जना घाइते भएको पुष्टि गरेकी छिन् । न्यूजिल्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले घटना न्यूजिल्याण्डको इतिहासकै सबैभन्दा कालो दिन भएको बताएकी छिन् ।

घाइतेको अस्पताल लैजाने काम चलिरहेको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित चारजनालाई पक्राउ गरेको छ । क्राइस्टचर्चमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । यो क्षेत्रमा विद्यालय र अस्पलात बन्द गरिएको छ ।




न्यूजिल्याण्डमा भएको यो आक्रमणको विश्वभरिबाट निन्दा गरिएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाको आलोचना गर्दैै आतंकवादको कुनै धर्म नहुने बताएका छन् । त्यस्तै टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले घटनाको निन्दा गर्दै शोकाकुल परिवारप्रति समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।




घटनास्थल नजिकै रहेको बंगलादेशको राष्ट्रिय क्रिकेट टिम मुश्किलले जोगिएको छ । तेश्रो तथा अन्तिम टेस्ट खेल्न राति क्राइस्टचर्चको हेग्ली क्रिकेट मैदान जाने क्रममा बंगलादेशी क्रिकेट खेलाडी चढेको गाडी मस्जिद नजिकै पुग्दा गोलीकाण्ड भएको थियो । गोली चलेलगत्तै खेलाडी बसबाट झरेर भागेकाले कुनै क्षति नभएको बंगलादेशको क्रिकेट बोर्ड बीसीबीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न