२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूजिल्याण्ड आक्रमणका मुख्य आरोपी हिरासतमा

२ चैत्र २०७५, शनिबार ०७:११

चैत २, काठमाडौं । अदालतले न्यूजिल्याण्ड आक्रमणका मुख्य आरोपी ब्रेन्टन ट्यारेन्टलाई पाँच अप्रिलसम्म हिरासतमा राख्न अनुमति दिएको छ । २८ वर्षीय अष्ट्रेलियन मूलका ब्रेन्टनलाई शनिबार अदालतमा पेश गरिएको थियो ।

उनीमाथि न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित अलनुर मस्जिदमा आक्रमण गरेर ४९ जनाको ज्यान लिएको आरोप छ । शुक्रबार नमाज चलिरहेको बेला उनले अन्धाधुन्द गोली चलाएका थिए । आक्रमणको फेसबुकमार्फत लाइभसमेत गरेका उनलाई प्रहरीले शुक्रबारै नियन्त्रणमा लिएको थियो । शुक्रबार लिनवुड मस्जिदमा पनि आक्रमण भएको थियो ।


आक्रमणकारी अष्ट्रेलियन मूलका फिटनेस इन्स्ट्रक्टर हुन् । उनलाई अदालतमा पेश गरिँदा हतकडी लगाइएको थियो । उनले घटना स्वीकार गरेको र जमानतका लागि आग्रहसमेत नगरेको बीबीसीले लेखेको छ ।

यो घटना भएको दिनलाई प्रधानमन्त्री जेसिन्डा अर्डनले ‘कालो दिन’को संज्ञा दिएकी छन् । उनले बन्दुकसम्बन्धी कानुन संशोधन गरिने पनि बताएकी छन् ।

न्यूजिल्याण्डमा सन् २००५, २०१२ र २०१७ मा बन्दुक सम्बन्धी कानुन संशोधनको तयारी गरिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…