चैत ८, काठमाडौं | भारतमा एक बालिकाको बलात्कारपछि हत्या भएको छ । दैनिक ज्यालादारी गर्ने एक भारतीय मजदुरकी ६ वर्षीय छोरीको तेलङ्गनामा बिहिबार होली खेल्न निस्किएका बेला बलात्कारपछि हत्या भएको हो ।
द हिन्दुको एक रिपोर्ट अनुसार बालिकाको काटिएको शव झाडीमा भेटिएको थियो । पुलिसले उनको बलात्कारपछि हत्या गरेको आशंका गरेको छ ।
बिहारका एक किशोरले रक्सीको मातमा बालिका बलात्कार गरेको बताइएको छ । एजेन्सी