२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुँडिरहेको बसमा एकाएक आगलागी: २६ जनाको मृत्यु, २८ जना घाइते

२०७५, ९ चैत्र शनिबार ०७:०५

काठमाडौं । चीनको हुनान प्रान्तको एक राजमार्गमा गुँडिरहेको बसमा एकाएक आगलागी हुँदा २६ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा अरु २८ जना घाइते भएका छन् । 

प्रत्यक्षदर्शीका अनु्सार बसमा एकाएक आगलागी हुन पुगेको थियो । पर्यटक सवार बसमा दुई चालक र एक दुर गाइडसहित बसमा ५६ जना थिए । 

घाइतेमध्ये पाँचको अवस्था चिन्ताजनक रहको छ । उनीहरुलाई उपचारको लागि अस्पताल पठाइएको छ ।

प्रहरीले गाडिका दुई चालकलाई हिरासतमा लिएर आगलागी हुनुको कारणबारे अनुसन्धान गरिहेको छ । 

चीनमा अधिकाशं चालकहरु ट्राफिक नियमलाई वेवास्ता गर्ने गर्छन् । यसले गर्दा त्यहाँ विभिन्न समयमा गम्भीर खालका यातायात दुरघटना हुने गर्छन् । 

प्राप्त पछिल्लो रेकर्ड अनुसार सन् २०१५ मा चीनभरी ५८ हजार मानिसहरु सडक दुरघटनामा मारिएका थिए । यातायातसम्बन्धी भएका ९०% मृत्यु ट्राफिक नियम उलघंनका कारण भएको एक वरिष्ठ यातायात अधिकारीले जानकारी दिए । 

अघिल्लो नोभेम्बरमा चोङकिङ नगरपालिकामा एक बस पुलबाट खस्दा १३ जनाको मृत्यु भएको थियो । बसमा जडान गरेको सिसिटिभी फुटेजमा दुर्घटना हुनु ठीक अघि ड्राइभर र एक यात्रु मुक्कामुक्की गरेको देखिएको थियो । आफूले भनेको ठाँउमा नरोकिदिएको भनेर यात्रुले चालकलाई मुक्का हानेपछि चालकले स्टेरिङ छाडेर यात्रुतर्फ फर्केर मुक्का फर्केको र लगतै गाडी पुलको साइडबारमा ठोकिएको देखिन्छ । 

त्यस्तै फेब्रअरीमा सांघाईमा ग्यास सिलिण्डर र पेट्रोलको बोटल लिएर हिँडेको एक भ्यानमा आगो लाग्दा कार छेउमा हिडिरहेका पैदलयात्रुहरु तर्फ जोत्तिएको थियो । दुर्घटनामा १८ जना घाइते भएका थिए । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न