२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इथोपियन एयरलाइन्सको विमान दुर्घटना: बाहिरियो यस्तो रहस्य

२१ चैत्र २०७५, बिहीबार १०:४२

चैत २१, काठमाडौं । अघिल्लो महिना इथोपियन एयरलाइन्सको एक जहाजको दुर्घटनाको प्रारम्भिक रिपोर्ट बाहिर आएको छ । रिपोर्टमा जहाज दुर्घटनाअघि धेरै पटक ‘घोप्टो परेर झरेको’ देखिएको छ । 

पाइलटहरुले ‘बारम्बार’ विमान निर्माता बोइङले त्यस्तो बेला अपनाउनु पर्ने भनेर सिफारिस गरेको सावधानी प्रक्रिया लागू गरेको भएपनि दुर्घटना नटरेको रिपोर्टमा उल्लेख छ । 

“उनीहरुको प्रयासको बावजुद, पाइलटहरुले जहाजलाई नियन्त्रण गर्न सकेनन् ,” इथोपियाका यातायात मन्त्री ड्याग्मवीट मोग्सले भने । 

‘प्लाइट ईटी३०२’ अडिस अवावाबाट उडेपछि दूर्घटना भएको थियो । दूर्घटनामा १५७ को ज्यान गएको थियो ।  

उक्त दुर्घटना पाँच महिनाको अन्तरालमा बोइङ ७३७ म्याक्स जहाजको दोस्रो गम्भीर दुर्घटना थियो । 


अघिल्लो वर्षको अक्टोवरमा लायन एयर फ्लाइट जेटी६१० इण्डोनेशिया नजिक समून्द्रमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दूर्घटनामा विमानमा सवार सबै १८९ जनाको मृत्यु भएको थियो । 

अदिस अवावामा भएको पत्रकार सम्मेलनमा ड्याग्म्वीटले भनिन् ,“विमान ‘क्रु’ सदस्यहरुले विमान निर्माताले प्रदान गरेको सबै प्रक्रियाहरु बारम्बार अपनाए तर पनि विमान नियन्त्रण गर्न सकिएन ।”

एक विज्ञप्तीमा इथोपियन एयरलाइन्सका प्रमुख कार्यकारी टेवाल्डे गेब्रमरियमले विमानका पाइलटहरुले देखाएको ‘उच्च तहको पेसागत प्रदर्शन’बाट आफू ‘निक्कै गर्व महसुस’ गरिरहेको बताए । 

“विमान लगातार घोप्टो झर्दा पनि उनीहरुले प्रयास गरिरहे तर पनि उनीहरु असफल भए । यो एकदमै दूभाग्यपूर्ण कुरा हो ,” एक विज्ञप्तीमा एयरलाइनले भनेको छ । 

इथोपियन एयरलाइन्सको दूर्घटनापनि ७३७ म्याक्सका सबै विमानहरुहरु ग्राउण्डेड गरिएको थियो । 

अनुसन्धातकताहरुले दुर्घटनाको जाँचको क्रममा ‘म्यानोभरिङ क्यारेक्टरस्टिक ओगमेन्टेसन सिस्टम’नामक सफ्टवेयरमा ध्यान केन्द्रित गरेका थिए । सो सफ्टवेयरलाई ७३७ म्याक्समा आउने अवरोध रोक्ने हिसाबले डिजाइन गरिएको थियो । बीबीसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य