२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुडानमा प्रदर्शनकारीले सैनिक मुख्यालयलाई नै निशाना बनाएपछि…

२६ चैत्र २०७५, मंगलवार १०:२३

चैत २६, खार्तुम । सुडानमा मङ्गलबार बिहान सबेरै सेनाको प्रमुख कार्यलयबाहिर सरकार विरोधी आन्दोलन चर्किएपछि सरकारी सुरक्षा बलले अश्रुग्यास प्रयोग गरेको छ । 

सुडानमा केही महिनादेखि सरकारी विरोधी प्रदर्शन जारी छ । गत शनिबारदेखि नै हजारौं प्रर्दशनकारीले खार्तुम कम्प्लेसको अगाडि भेला भएर राष्ट्रपति ओमार अल बसिरको राजीनामाको माग गरिरहेका छन् । 

राष्ट्रपति ओमार अल बसिरलाई हटाएर अन्तरिम सरकार बनाउनुपर्ने प्रदर्शनकारीको माग छ । गत डिसेम्बरमा सरकारले पाउरोटी र इन्धनको मूल्य बढाएपछि सुडानमा देशव्यापी प्रदर्शन शुरु भएको थियो । 

बसिर ३० वर्षदेखि सुडानको शासनसत्तामा छन् । मङ्गलबार बिहान सबेरै राष्ट्रिय गुप्तचर विभागका सदस्यहरु, सुरक्षा सेवाका सदस्य र दङ्गा प्रहरीको संयुक्त प्रयासमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको थियो । 

सेनाले आफ्नो प्रवेशद्वार खोलेपछि प्रदर्शनकारीहरु भित्र छिरेको र त्यसपछि भारी मात्रामा अश्रुग्यास प्रहार गरिएको प्रत्यक्षदर्शीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । केही समयपछि सेनाको एक समूहले हवाई फायर गरेको थियो । 

गत डिसेम्बरमा पाउरोटी र तेलको मूल्य बढेपछि शुरु भएको आन्दोलनका क्रममा हालसम्म ३८ जनाको मृत्यु भइसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।  

गत शनिबारदेखि जारी पछिल्लो प्रदर्शनमा सात प्रदर्शनकारीको मृत्यु हुनका साथै अन्य १५ जना घाइते भएको गृहमन्त्री बसहारा जुमाले बताएका छन् ।

उन का अनुसार यस प्रदर्शनका क्रममा ४२ सुरक्षाकर्मी घाइते भएका र दुई हजार ४९६ सर्वसाधारण पक्राउ परेका छन् ।

प्रदर्शनकारीहरुले सेनालाई शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न आग्रह गर्दै मुलुकको विषम परिस्थितिलाई थप अस्थिर हुन नदिन सेनाको सहयोग आवश्यक रहेको बताएका छन् ।

उनीहरुले सेनालाई सुडानमा अन्तरिम सरकार गठनमा सहयोग गर्न पनि आह्वान गरेका छन् । –एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…