२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा लोकसभाको निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान सम्पन्न

२८ चैत्र २०७५, बिहीबार १६:४५

चैत २८, काठमाडौँ | भारतमा बिहीबार लोकसभाको निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान सम्पन्न भएको छ । 

मतदानमा सबैभन्दा धेरै मतदाता मणिपुरबाट सहभागी भएको पाइएको छ । स्थानीय समय अनुसार बेलुका पाँच बजेसम्मको विवरण अनुसार मणिपुरमा ७८.२० प्रतिशत मतदाता सहभागी भएका छन् । 

त्यसपछि धेरै आसाममा सहभागी भएका छन् । आसाममा ६८ प्रतिशत मतदाताले मतदान गरेको अधिकारीहरुले जनाएका छन् । 

त्यसैगरी लक्ष्यदीपमा ६५.९ प्रतिशत, मेघालयमा ६२ प्रतिशत, तेलङगनामा ६०.५७ प्रतिशत, उत्तर प्रदेशमा ५९.७७ प्रतिशत, बिहारमा ५०.२६ प्रतिशत र महाराष्ट्रमा ५५.७८ प्रतिशतले मतदाता निर्वाचनमा सहभागी भएका छन् । 

अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा बिहीबार १८ राज्य र दुई केन्द्र शासित प्रदेशमा गरी २० भन्दा बढी राज्यका ९१ निर्वाचन क्षेत्रमा मतदान भएको हो । 

भारतमा देशभरी सात चरणमा लोकसभाको निर्वाचन हुन लागेको छ । मतदान आगामी मे १९ मा सकिने कार्यतालिका रहेको छ । 

यस निर्वाचनलाई प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका जनमत संग्रहको रूपमा पनि हेरिएको छ । प्रधानमन्त्री मोदी अहिले पनि राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए)का तर्फबाट उम्मेदवार हुनुहुन्छ । उहाँलाई यस पटक नेहरु–गान्धी परिवारको छायाँमा रहेको पुरानो दल इन्डियन नेसनल कङ्ग्रेसले कडा चुनौती दिने अनुमान गरिएको छ । कङ्ग्रेसले पार्टी अध्यक्ष राहुल गान्धीलाई प्रधानमन्त्रीको भावी उम्मेदवारको रुपमा अगाडी सारेको छ । 


उनीहरु बाहेक भारतभर हजारौं दल र उम्मेदवार चुनावी मैदानमा छन् । भारतीय लोकसभाका ५४३ स्थानका लागि चुनाव हुँदैछ । करिब एक अर्ब ३० करोड जनसंख्या रहेको भारतीय चुनावका लागि ११ लाख विद्युतीय मतदान मेसिनको व्यवस्था गरिएको छ । निर्वाचन परिणाम मे २३ तारिखका दिन सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । 

अनलाइन मिडिया र सामाजिक सञ्जालमा चुनावलाई प्रभावित तुल्याउने गरी गलत जानकारी, नक्कली समाचार, ट्रोल्स प्रवाह भइरहेका छन् । खासगरी फेसबुक र ह्वाट्सआपमा गलत सन्देश प्रवाह हुनेक्रम जारी छ । विश्वमै सस्तो इन्टरनेट सेवा र स्मार्टफोनका कारण गलत समाचार सन्देश प्रवाह गर्न सहज भएको ठानिएको छ ।

चुनावमा सम्भावित हिंसालाई मध्यनजर राखी सुरक्षा बललाई उच्च सतर्क अवस्थामा राखिएको छ । मतदानको दिन भयावह र उल्लेख्य हिंसाका घटना नभएपनि यसै साता माओवादी प्रभावित क्षेत्रमा शंकास्पद माओवादी विद्रोहीले स्थानीय विधायकसहित पाँच जनाको हत्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य