२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीको हत्या प्रयास भएकै हो त ?

२८ चैत्र २०७५, बिहीबार १७:२५

चैत २८, काठमाडौँ | भारतमा निर्वाचनको चटारो छ, नेताहरुको सुरक्षा चुनौती रहेकै बेला कांग्रेस अध्यक्ष राहुल गांधीको टाउकोमा लेजर लाइट देखेपछि सुरक्षामाथि प्रश्न उठाइएको छ । कांग्रेस अध्यक्ष राहुलले पत्रकार सम्मेलन गर्दै थिए । त्यसै बेला उनको टाउकोमा केहि बेर हरियो रङको लाइट देखियो । 

कांग्रेसले यस बिषयलाई लिएर आफ्नो नेताहरुको सुरक्षा माथि चुनौती रहेको टिप्पणी गरेको छ । कांग्रेसले आरोप लगाएको छ कि कांग्रेस अध्यक्ष राहुलको हत्या गर्ने लक्ष्यले उक्त लेजर लाइट बालिएको हो । स्पेशल प्रोटेक्शन ग्रुप (एसपीजी) का  निर्देशकले अनुसन्धान पछि गृह मन्त्रालयलाई यस सम्बन्धि जवाफ दिंदै उक्त हरियो लाइट मोबाइलको लाइट हो, जो कांग्रेस समर्थकद्वारानै राहुलको तश्वीर लिने क्रममा उनको निधारमा देखिएको हो ।

वरिष्ठ कांग्रेसी नेताहरुले गृहमन्त्रीलाई यसै बिषयमा पत्र लेख्दै भनेका छन् ''हरियो रंगको लेजर लाइटले राहुल गान्धीको सिरलाई निशाना बनाई सातौँ पटक हत्या गर्नको लागि लक्षित भएको छ । यो लाइट स्नाइपर गनबाट निक्लने लेजरजस्तै लाग्छ । यो सावधानी हो, हामीलाई यसले सजग रहन चेतावनी दिईरहेको छ ।''


कांग्रेसको पत्रमा राजीव र इन्दिरा गान्धीको नाम 

कांग्रेसले गृहमन्त्रालयलाई पठाएको पत्रमा पूर्व प्रधानमन्त्री राजीव गान्धी र इन्डोर गान्धी (राहुल गान्धीका बुबा र हजुरआमा) को हत्याको कुरा उल्लेख गरेको छ । 

कांग्रेसले यस घटनालाई उत्तर प्रदेश प्रशासनको ठुलो भुल भनेको छ । पार्टीले केन्द्र सरकारलाई यस सम्बन्धि अनुसन्धान गरि यथासिघ्र दोषीलाई कारवाहिको माग गरेको छ । गृह मन्त्रालयलाई लेखिएको पत्रमा कांग्रेस नेता अहमद पटेल, जयराम रमेश र रणदीप सिंह सुरजेवालाले हस्ताक्षर गरेका छन् । कांग्रेसको पत्रमा कुनै पनि राजनीतिक मतभेद नगरी राहुल गान्धीको सुरक्षा गर्नु सरकार र गृह मन्त्रालयको पहिलो जिम्मेवारी भएको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…