२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ वर्षको अवसरमा श्रीलङ्काका राष्ट्रपतिद्वारा एकताका लागि आह्वान

२०७६, १ बैशाख आईतवार १४:४०

वैशाख १, कोलम्बो (रासस/सिन्ह्वा) | श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले देशलाई नयाँ उचाइमा पुर्याउनका लागि सबै देशवासीलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । 

देशमा मनाउने गरिएको सिंहाला र तमिल नयाँ वर्षको अवसरमा आइतबार विषेश सन्देश दिँदै राष्ट्रपति सिरिसेनाले देशको आवश्यकता पूरा गर्नका लागि देशवासीको एकता अत्यावश्यक भएकोमा जोड दिनुभयो । 

उहाँले सन्देशमा लेख्नु भएको छ, “हाम्रो र देशको सफलताका लागि हामीले सामूहिक रूपमा प्रयास गर्नु पर्दछ, देशको आवश्यकतालाई पूरा गर्न सकेमात्रै हामीले खुशी जीवन पाउनेछौँ ।”

साथै आम जनतामा शान्ति र समृद्धिका लागि पनि राष्ट्रपति सिरिसेनाले नयाँ वर्षका अवसरमा शुभकामना दिनुभएको छ । 

त्यसैगरी श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि नयाँ वर्षका अवसरमा विषेश सन्देश जारी गर्दै देशका यस्ता सांस्कृतिक पर्वहरूले देशलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

आजदेखि शुरु हुने नयाँ वर्ष श्रीलङ्कासहित अन्य पनि केही देशहरूमा मनाइने उहाँले वक्तव्यमा उल्लेख गर्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न