२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोको हरामका ६३ लडाकू मारिए

२ बैशाख २०७६, सोमबार १७:४१

वैशाख २, चाड (रासस/सिन्ह्वा) | आतङ्वादी सङ्गठन मानिने बोको हरामका ६३ जना लडाकू चाडको सरकारी सेनाद्वारा मारिएका छन् ।

स्थानीय सञ्चारमाध्यमहरूले सोमबार दिएको जानकारीअनुसार लास क्षेत्रमा आइतबार राति उनीहरू मारिएका हुन् । 

घटनामा परी सुरक्षाकर्मीतर्फका सात जना मारिएको समाचारमा जनाइएको छ । सेनाले जारी गरेको वक्तव्यमा अरू दर्जनौँ घाइते भएको उल्लेख गरिएको छ । 

पछिल्लो हप्ता यो बोको हरामसँगको दोस्रो भिडन्त भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

गत मार्चमा सोही ठाउँमा बोको हरामले थापेको विद्युतीय धरापमा परी कम्तीमा २३ जना सरकारी सैनिक मारिएका थिए ।

नवनियुक्त प्रतिरक्षा प्रमुख ताहिर इर्डाले पनि हालै मात्र सो ठाउँको भ्रमण गरेर आक्रमणकारीविरुद्ध नयाँ रणनीति अपनाउने बताउनु भएको थियो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…