२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिडियो उपकरणहरु उत्तर कोरिया पठाउन दक्षिणको तयारी (अपडेट)

२०७६, २ बैशाख सोमबार १७:४६

बैशाख २, सियोल (रासस -सिन्ह्वा) | सन् १९५० बाट १९५३ सम्म जारी कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच कुराकानी गराउन भिडियो उपकरण उत्तर कोरिया पठाउन परामर्श गरिने दक्षिण कोरियाको एकीकरण मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

एकीकरण मन्त्रालयका उपप्रवक्ता लि युजेनले सियोलमा पत्रकारहरुसँग कुरा गर्दै दक्षिण कोरियाले भिडियो उपकरणहरु हालै खरिद गरिसकेको बताउनुभयो ।

ती उपकरण कहाँ र कसरी उपउब्ध गराउने भन्ने विषयमा उत्तर कोरियासँग छलफल हुने उपप्रवत्ता लिले बताउनुभएको छ । 

दक्षिण कोरियाले हालै मात्र देशका १३ स्थानमा राखिएका भिडियो उपकरणको मर्मत गर्न थालिएको र यस महिनाको अन्त्यसम्म सबै उपकरण प्रयोग गर्न मिल्ने बताएको छ । 

गत सेप्टेम्बर महिनामा दक्षिण कोरियाली राष्ट्रपति मून जाय–इन  र उत्तर कोरियाली नेता किम जोङ–अनबीच भएको तेस्रो शिखर बैठकमा पुनर्मिलनका लागि भिडियो उपकरण जडान गर्ने विषयमा सहमति भएको थियो ।  

उत्तर कोरियाली नेतालाई भेट्ने तयारी

दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता किम जोन–अनसँग चौथो शिखर सम्मेलनका लागि तयारी शुरु भएको बताउनुभएको छ ।  

मूनले सोमबार वरिष्ट सरकारी अधिकारीहरुसँग नियमित छलफलको क्रममा उत्तर कोरियाली नेता किमसँग चौथो शिखर वार्ताका लागि तयारी शुरु भएको बताउनुभएको हो । 

दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालय ब्लू हाउसले उक्त जानकारी दिएको छ । यसअघि गत सेप्टेम्बरमा यी दुई नेताबीच तेस्रो सम्मेलनको क्रममा भेटवार्ता भएको थियो । 

सो सम्मेलनका क्रममा दुई कोरियाको हितका लागि मौखिक र लिखित केही सम्झौता भएका थिए । राष्ट्रपति मूनले गत साता गरेको वासिङ्टन भ्रमणको क्रममा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाली नेतासँगको भेटवार्ताका बारेमा छलफल गर्नुभएको थियो । 

ट्रम्पसँग वासिङ्टनमा भएको भेटवार्ताको मुख्य उद्देश्य किम र ट्रम्पबीचको दोस्रो बैठक पछि उत्पन्न अनिश्चितता हटाउनका लागि भएको मूनले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै