२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पको त्यो ट्वीट जसले एक अमेरिकी सांसदको ज्यान जोखिममा पर्यो !

२०७६, ३ बैशाख मंगलवार ०६:००

बैशाख ३, काठमाडौं । अमेरिकाको तल्लो सदनकी एक सदस्य इल्हान ओमरले राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्दा आफूलाई आउने हत्याको धम्कीमा बृद्धि भएको बताएकी छिन् । केही दिन अघि ट्रम्पले ओमरले अघिल्लो महिना दिएको एक भाषणलाई ९÷११ को भिडियोसँग जोडेर देखाएका थिए । 

ओमरले राष्ट्रपति ट्रम्पले आफूविरुद्ध उग्र–दक्षिणपन्थी हिंसाका लागि प्रोत्साहन गरेको आरोप लगाएकी छिन् ।


ह्वाइट हाउस प्रमुख प्रेस सचिव सराह स्याण्डर्सले भने आइतबार ट्रम्पको प्रतिरक्षा गर्दै उनले हिंसालाई प्रोत्साहित गरेको कुरालाई खण्डन गरिन् ।

“राष्ट्रपति ट्रम्पले शुक्रबार साँझको ट्वीटदेखि मलाई मार्ने धम्कीहरु बढेको छ । धेरैले धम्कीमा राष्ट्रले हालेको भिडियोलाई उल्लेख गरेका छन् । प्रहरी, एफबीआई, संसद सुरक्षा अधिकारी र सभामुखले यी धम्कीहरुमाथि दिएको चासोको लागि म धन्यवाद दिन्छु,” ओमरले आइतबार साँझ जारी गरेको एक विज्ञप्तीमा लेखेकी छिन् ।

आइतबार अमेरिकाको सभामुख पेलोसीले तल्लो सदनको सुरक्षा हेर्ने अधिकारीसँग ओमरको सुरक्षालाई लिएर कुरा गरेको र सुरक्षा मुल्याकंन संचालन नगर्न चाहेको पनि बताइन् ।

शुक्रबार ट्रम्पले ‘हामी बिर्सने छैनौँ’ लेखेर एक भिडियो ट्वीट गरेका थिए जसमा उनले अघिल्लो महिना ओमरले दिएको एक भाषणको लिङ्क थियो । ट्रम्पले शेयर गरेको भिडियोको बीच बीचमा ९÷११ को आक्रमणको सम्पादित भिडियो पनि राखिएको थियो ।

ट्वीटमा शेयर गरिएको भिडियोमा ओमरले भनेकी छिन्, “ लामो समयसम्म, हामीहरु दोस्रो–दर्जाको नागरिक असहज जीवन बाँचिरहेका छौँ । सिधै भन्ने हो भने म यस्तो अवस्थाबाट थाकिसके र यो देशका हरेक मुसलमानहरु यसबाट थाकिसकेको हुनुपर्छ । सीएआईआर ९÷११ पछि स्थापना गरिएको थियो । किनकि उनीहरुले केही व्यक्तिले गडबढी गरेको पहिचान गरे र त्यसको परिणाम हामीहरु सबैले नागरिक स्वतन्त्रता गुमाउन सुरु गरौँ । ”

ओमरले अघिल्लो महिना ‘काउन्सील अन अमेरिकन–इस्लामिक रिलेसन्स(सीएआईआर)’को क्यालिफोर्निया विभागमा बोल्दै थिइन् । यो खासमा सन् १९९४ मा स्थापना भएको थियो ।

आइतबार जारी विज्ञप्तीमा ओमरले भनेकी छिन्,“ हिंसात्मक अपराध र दक्षिणपन्थी उग्रवादी र श्वेत राष्ट्रवादीहरुको घृणाजन्य कार्यहरु यो देश र विश्वभरी बढिरहेको छ । अझै पनि यो भूमिको सबैभन्दा शीर्ष पदमा रहेको व्यक्तिले नै तिनलाई प्रोत्साहन गरिरहेको कुरा अस्वीकार गर्न सक्दैन ।”

“सन् २०१६ मा ट्रम्पको र्याली आयोजना गर्ने एक काउन्टीमा घृणाजन्य घटना २२६ प्रतिशत बढेको पाइएको थियो । यस्तै ट्रेण्ड ट्रम्प र्याली आयोजना गर्ने हरेक सहरहरुमा पनि देखिन्छ । हिंसा प्रोत्साहित गर्ने, वक्तव्यवाजी र घृणाजन्य भाषणको हाम्रो समाजमा कुनै स्थान छैन । अझ राष्ट्र प्रमुखबाट त यो हुनै हुदैन । यसले जीवनलाई खतरा पुर्याउँछ । यो रोकिनुपर्छ,” ओमरले भनेकी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै