२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘म यसरी यौनकर्मीकहाँ धाउन थालेँ’ (सत्य घटनामा आधारित)

११ बैशाख २०७६, बुधबार ११:४५

(- यो सामग्री बीबीसी हिन्दीका सम्वाददाता ऋषि बनर्जीले तयार पारे हुन् । यो कथा एक पुरुषको यथार्थ भोगाईमा आधारित छ । तिनै पुरुषको आग्रहमा उनको नाम गोप्य राखिएको छ ।)

त्यो अविस्मरणीय रात थियो । अट्ठाइस वर्षमा पहिलो पटक मैले कुनै महिलालाई स्पर्श गरेको थिएँ। मेरो इच्छा पूरा भइरहेको थियो । त्यसैले म प्रसन्न थिएँ। त्यो अनुभव एक हप्तासम्म मेरो मस्तिष्कमा रहिरह्यो।

म बेग्लै संसारमा भएको जस्तो अनुभव भइरहेको थियो। नहोस् पनि किन ? अहिलेसम्म मेरो बिहे भएको छैन। मेरो गृहनगर गुजरातमा पुरुषको तुलनामा महिलाको सङ्ख्या कम छ ।

महिला र पुरुषको जनसङ्ख्याको असन्तुलनको खाल्डोले मजस्ता कैयौँ युवालाई बिहेबाट वञ्चित तुल्याएको छ ।

मेरा आमाबुवाले थरीथरीका कुरा सुन्नुपर्छ । उदाहरणका लागि यदि तपाईँको छोरा सरकारी जागिरे भएको भए कुरा अर्कै हुन्थ्यो ।

निजी कम्पनीको जागिरको के भरोसा ? अनि तपाईँहरूको जग्गा पनि त धेरै छैन । त्यतिबेला मेरो मासिक तलब आठ हजार भारु थियो। म घरको जेठो छोरा थिएँ र मेरो बिहे हुन सकिरहेको थिएन ।

मलाई लाग्थ्यो कतै बिहेको टुङ्गो लागिदिए समाजमा हाम्रो इज्जत जोगिहाल्थ्यो कि । हामी चारजना साथी थियौँ र प्रायः नजिकको सहरमा रक्सी खान जान्थ्यौँ । सम्भवत: त्यो दिन साथीले मेरो तनाव महसुस गरेको हुनुपर्छ ।

गिलासमा रक्सी हाल्दै उसले भन्यो, "किन यति तनाव लिन्छौ? तिमीले बिहे गरिहाल्यौ भने पनि यति मज्जा लिन सक्दैनौ । दुनियाँ रङ्गीन छ, मज्जा लिऊ। ल जाऊँ ।"

म तनावमा थिएँ। तर साथीले पटक पटक आग्रह गरेपछि अन्ततः हामी एउटा होटल गयौँ ।

मैले कैयौँ नीला चलचित्र हेरेको थिएँ । तर वास्तविक जिन्दगीमा कुनै महिलाको सम्पर्कमा गएको त्यो पहिलो पटक थियो । त्यसपछि त होटल जाने बानी बस्यो । पाँच वर्षसम्म यो क्रम चलिरह्यो। आफूलाई आनन्द दिलाउने त्यो एउटा सजिलो बाटो थियो । तर एक दिन त्यो कुरा मेरो बुवाको कानसम्म पुग्यो । उहाँको रिस उत्कर्षमा पुग्यो । बुवाले म माथि हात उठाउन सकिरहनुभएको थिएन, अतः कराएर आफूलाई शान्त पार्ने प्रयास गरिरहनुभएको थियो ।

"तिमीलाई लाज लागेन त्यस्तो गर्दा ? आफ्नी आमा र दिदीको बारेमा त एकचोटि सोचेको भए हुन्थ्यो ।"

आमा र दिदी रोइरहनुभएको थियो । भिनाजुको परिवारलाई पनि यो कुरा थाहा भयो । साथीहरूले मलाई रक्सी खुवाएर होटल लगेका थिए र बेहोसीमा के के भयो त्यो थाहा भएन भनेर मैले सफाइ दिएँ। अनि परिवारसँग माफी पनि मागेँ।

उसो भए यति वर्षसम्म त्यो गल्ती किन दोहोर्‍याइरह्यौ त ?

बुवाको यो प्रश्नको उत्तर मसँग थिएन । दिदी र भिनाजु पनि कराइरहनुभएको थियो । उहाँहरूको कुरा सुनेर यस्तो लागिरहेको थियो मानौँ मैले कसैको हत्या जस्तो ठूलो अपराध गरेको छु ।

दुई दिनसम्म बुवा मसँग बोल्नुभएन । तेस्रो दिन उहाँले भन्नुभयो, "एक विधवासँग तेरो बिहेको लागि प्रस्ताव आएको छ । पाँच वर्षको छोरा छ र महिला राम्रो परिवारकी हुन् ।"

"महिलाका बुवालाई तिम्रा करतुतबारे थाहा छ, तर बिहेका लागि तयार छन्। तिमी पनि ३१ वर्षको भइसक्यौ। यो प्रस्तावलाई स्वीकार गरिदेऊ ।"

"तिमी पनि अहिले त राम्रै कमाउँछौ। गृहस्थी जीवन थालिहाल, खुसी रहन्छौ ।"

तर मलाई त कोही अरू नै मन परिसकेको थियो । उनी त्यही होटलमा काम गर्थिन्, जहाँ म यौनकर्मीका लागि जाने गर्थेँ ।

उनी होटलमा हाउस-किपिङ अर्थात् सरसफाइ लगायतका काम गर्थिन् । पैसा थोरै कमाउँथिन् ।

तर उनीमा एउटा कुरा थियो, उनी हाँस्दा साह्रै राम्री देखिन्थिन् । तर मेरो कृत्यलाई लिएर असन्तुष्ट थिइन् । मसँग बिहे गर्न उनले अस्वीकार गरिन् ।

उनले अरू कसैसँग बिहे गरेपछि मलाई ठूलो पीडा भयो । म अधुरो अधुरो लाग्न थालेँ । त्यो अधुरोपन थियो कसैको साथको जसले मेरो भावनालाई बुझोस् र मलाई जीवनभरि साथ देओस्।

वैवाहिक जीवनको कमी मलाई खट्किन थाल्यो। मेरो बिहे नभएको कारण परिवारलाई पनि समाजमा गाह्रो भइरहेको थियो। अतः मैले घर छाडेँ ।

मेरो बिवाहलाई लिएर प्रश्न ज्यूँको त्यूँ थियो र घरका सबैजना तनावमा थिए । 

समाज नै यस्तो छ । अरूलाई चोट पुग्ने प्रश्न सोधेर मानिसहरूले स्वाद मान्छन्। यसपटक भने मैले सधैँका लागि घरनै छाड्ने निधो गरेँ । नयाँ ठाउँ, नयाँ मानिसहरू तर मेरो पुरानै बानी । कहिले छिमेकमा बस्ने महिला त कहिले छिमेकी सहरका महिलासँग मैले आफ्नो तिर्खाएको मन बहलाएँ । 

कैयौँ पटक त मेरा हाकिम पनि मसँग गए। उनलाई ममाथि विश्वास थियो । म अहिले ३९ वर्षको भएँ तर आफूलाई एक्लो महसुस गर्दिनँ ।

अहिले मेरो परिवारले पनि सम्झौता गरिसक्यो । भाइले एक आदिवासी महिलासँग प्रेमविवाह गरेको छ । म एक स्वतन्त्र चराजस्तै भएको छु। बिहेको सपना त्यागिसकेँ। मलाई यो जिन्दगी नै ठिक लागिरहेको छ।

अहिले मेरो मासिक तलब ४० हजार भारु छ। न कुनै कुराको कमी छ न त मलाई कुनै ग्लानि छ । बिबाह भएको भए मेरो जिन्दगी कस्तो हुन्थ्यो थाहा छैन । तर आज म समाजको घोचपेचदेखि धेरै टाढा छु । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…