२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा चौथो चरणको लोकसभा निर्वाचन सम्पन्न

२०७६, १६ बैशाख सोमबार १६:०३

बैशाख १६, काठमाडौं – भारतमा चौथो चरणको लोकसभा निर्वाचन सम्पन भएको छ । ७२ सिटका लागि भएको निर्वाचनमा ६१ प्रतिशत मतदान भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । मतदान भएका राज्यहरुमा पश्चिम बंगालमा सबैभन्दा बढी मतदान भएको छ ।


भारतीय निर्वाचन आयोगले ५ बजे दिएको जानकारी अनुसार बंगालमा ७६ प्रतिशत मतदान भएको छ । त्यस्तै मध्ये प्रदेशमा ६६ प्रतिशत मतदान भएको छ भने ओडिसामा ६४ प्रतिशत मतदान भएको छ । बिहारमा ५४ प्रतिशत मतदान भएको छ भने राजस्थानमा ६३ प्रतिशत मतदान भएको छ ।त्यस्तै उत्तर प्रदेशमा ५३ प्रतिशत मतदान भएको छ भने झारखण्डमा ६३ प्रतिशत मतदान भएको छ । त्यस्तै काश्मिरमा ९ प्रतिशत मतदान भएको छ । चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका थिए । निर्वाचनमा ९४३ जना प्रत्यासीहरु मैदानमा उत्रिएका थिए । जसमा ३३ प्रतिशत करोडपतिहरुको उम्मेद्वारी परेको थियो ।

चौथो चरणमा महाराष्ट्रमा १७, राजस्थान र उत्तरप्रदेशमा १३–१३, पश्चिम बंगालमा ८, मध्यप्रदेश र उडिसामा ६–६ प्रतिशत, बिहारमा ५, झारखण्डमा ३ र जम्मु कश्मीरमा १ सिटका लागि मतदान भएको छ । जम्मु कश्मिरको अनन्तनाग क्षेत्रको निर्वाचन क्षेत्रमा ३ चरणमा मतदान हुँदैछ । 

 लोकसभा निर्वाचन ७ चरणमा हुँदैछ । मे २३ मा निर्वाचन मत परिणाम सार्वजनिक हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते