असार १८, काठमाडौं । बंगलादेशको सबैभन्दा सुरक्षित मानिएको गुलशन इलाकामा चरमपन्थी आक्रमण भएको छ । जुन घटनामा १७ विदेशीसहित २० जना मारिएका छन् ।

ढाकाको गुलशन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १८, काठमाडौं । बंगलादेशको सबैभन्दा सुरक्षित मानिएको गुलशन इलाकामा चरमपन्थी आक्रमण भएको छ । जुन घटनामा १७ विदेशीसहित २० जना मारिएका छन् ।

ढाकाको गुलशन "/>

२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ढाकामा चरमपन्थी आक्रमणः बन्धक बनाइएका १७ विदेशीसहित २० को हत्या

२०७३, १९ असार आईतवार ११:१३

असार १८, काठमाडौं । बंगलादेशको सबैभन्दा सुरक्षित मानिएको गुलशन इलाकामा चरमपन्थी आक्रमण भएको छ । जुन घटनामा १७ विदेशीसहित २० जना मारिएका छन् ।

ढाकाको गुलशन इलाकामा रहेको अर्टिशन बेकसरी क्याफेमा बन्दुकधारीले शुक्रबार साँझ आक्रमण गरेका थिए । ७-८ जनाको समूहमा रहेका उनीहरुले क्याफेमा रहेकाहरुलाई बन्धक बनाए । जसमध्ये २० जनाको विभत्स तरिकाले हत्या भएको छ । बंगलादेशको सेनाका प्रवक्ताले बताए अनुसार अधिकांशलाई धारिलो हतियारले रेटेर हत्या गरिएको पाइएको छ ।

मारिनेमा नौ इटालियन नागरिक छन् । सात जापानी, तीन बंगलादेशी र एक भारतीय नागरिक भएको खुलेको छ । एक सिनियर कूटनीतिज्ञले मारिनेहरुको राष्ट्रियता खुलाएको बंगलादेशको न्यूज पोर्टल द डेलीस्टारले जनाएको छ ।

६ आक्रमणकारी पनि मारिए, एक पक्राउ 

१२ घन्टा लामो रेस्क्यु अपरेशन शनिबार सकिएको छ । त्यस क्रममा ६ आक्रमणकारी मारिएका छन् भने एकलाई जीवितै पक्राउ गरिएको सरकारका एक प्रवक्ताले बताए । 

क्याफेमा बन्दक बनाइएका १३ जनाको भने उद्दार गरिएको छ, जसमा एक जापानी र दुई श्रीलंकन नागरिक छन् । 

नेपाली सुरक्षित

घटनास्थलबाट नेपाली दूताबास करिव एक किलोमिटर मात्र टाढा छ । ढाकास्थित कार्यबाहक नेपाली राजदूत सुशीलकुमार लम्साले बंगलादेशमा रहेका नेपालीहरु सुरक्षित रहेको बताए ।

घटनाले दिएको सन्देश

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले टेलिभिजनमार्फत सम्बोधन गर्दै आक्रमणको भत्र्सना गरेकी छन् । ‘यो एकदमै घृषित कार्य हो । कस्ता मुसलमान हुन उनीहरु ? उनीहरुको कुनै धर्म छैन’ उनले भनेकी छन्, ‘आतंकवादीहरुको विरोध गर्नुपर्छ । सरकार आतंकवाद र विद्रोहीहरुलाई जरैदेखि समाप्त पार्न दृढ छ ।’

उनले दुर्इ दिनसम्म राष्ट्रिय शोकको घोषणा पनि गरेकी छन् ।

शुक्रबार अबेर राति भएको गोली हानाहानमा दुई प्रहरकिो मृत्यु भएको थियो भने ३० अधिकारी घाइते भएका थिए ।

घटनाको इस्लामिक स्टेटले जिम्मा लिएको छ । उक्त समूहको समाचार एजेन्सी कमाकमा प्रकाशित वक्तव्यमा लडाकूहरुले प्राय विदेशी गइरहने रेष्टुराँमा आक्रमण गरेको उल्लेख छ ।

बंगलादेशमा पछिल्लो केही महिना यता धर्मनिरपेक्ष ब्लयर, समलिंगी अधिकारवादी र केही प्राज्ञ एव धार्मिक अल्पसंख्यकको हत्या हुने गरेको थियो । तर, गुलशनमा भएको आक्रमणमा बंगलादेशमा पहिलो चरमपन्थी आक्रमणका रुपमा लिइएको छ ।

यो घटनाबाट चरमपन्थीहरुले उनीहरु कुनै पनि ठाउँमा आक्रमण गर्न सक्छन् भन्ने सन्देश दिएको छ । किनकी बंगलादेशमा गुलशन इलाकाभन्दा सुरक्षित स्थान अर्को नभएको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु