असार  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार 
२०८२, २९ चैत्र आईतवार
काठमाडौँ - KTM

बंगलादेशमा दुई दिने राष्ट्रिय शोक घोषणा

२०७३, १९ असार आईतवार ११:१६

असार १९, काठमाडौं । बंगलादेशको ढाकास्थित क्याफेमा भएको आतकंवादी आक्रमणपछि बंगलादेश सरकारले दुईदिने राष्ट्रिय शोक घोषणा गरेको छ ।

बंगलादेशको सबैभन्दा सुरक्षित मानिएको गुलशन इलाकामा शनिबार भएको आक्रमणमा १७ विदेशीसहित २० जनाको हत्या भएको थियो ।

बंगलादेशको सेनाका प्रवक्ताले बताएअनुसार आइएसआइएस लडाकूहरुले बन्धक बनाइएका अधिकांशलाई धारिलो हतियारले रेटेर बिभत्स तरिकाले हत्या गरेका थिए । जवाफी कारबाहीमा ६ आतंकवादी मारिएको र एक जनालाई जिउँदै पक्राउ गरिएको थियो ।

आतकंवादलाई निमिट्यान्न पार्ने प्रतिबद्धता

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आतकंवादलाई निमिट्यान्न पार्ने प्रतिबद्धता जनाइन् । उनले रमजान जस्तो पवित्र चाडका बेला मुस्लीम समुदायलाई नै हत्या गर्ने कस्ता मुसलमान हुन् भनेर प्रश्न गरिन् ।

हसिनाले भनिन्, ‘उनीहरु कस्ता खालका मुसलमान हुन् ? जसले रमजानको असल सन्देशको उल्लंघन गरे र हत्या गरे । जुन तरिकाले उनीहरुले हत्या गरे त्यो सैह्य छैन । उनीहरुको धर्म छैन । आतंकवाद नै उनको धर्म हो ।’

उनले आतकंवादी र हिंस्रक चरमपन्थीहरुको सफाया गर्नका लागि कुनै कसर बाँकी नराख्ने संकल्प पनि लिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन