असार  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार 

१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इराकमा भयानक विष्फोट, ७९ को मृत्यु

१९ असार २०७३, आईतवार ११:१८


असार १९, काठमाडौं । इराकको राजधानी बगदादमा यो बर्षकै सबैभन्दा भयानक विष्फोट गराइएको छ । विष्फोटमा परि ७९ जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी घाइते भएका छन् । मारिनेका अधिकांश वालवालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार उक्त विष्फोटको जिम्मा आइएसआइएस लडाकू समूहले लिएको छ । एक अनलाइन बक्तव्य जार गिर्दै इस्लामिक स्टेटले व्यस्त बजारको बीचमा गराइएको बिष्फोटको जिम्मा लिएको हो । यद्यपी यसको स्वतन्त्र पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

बर्षको सबैभन्दा ठूलो आक्रमणको रुपमा आइतबार बिहान बग्दादको व्यस्त बजारमा गरिएको कारबम हमलामा ७९ जनाको मृत्यु भएको हो भने १३० भन्दा बढी घाइते भए । यो बर्ष राजधानी शहरमा भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।

अधिकारीहरुका अनुसार कर्रदा इलाकामा भएको बिष्फोटमा परेका धेरै मानिसहरु रमदान चाडका लागि किनमेल गर्न जम्मा भएकाहरु थिए ।

यसैबीच शनिबार बंगलादेशको ढाकामा २० जनाको मृत्यु हुने गरी गराइएको आक्रमणको जिम्मा पनि आइएसआइएसले नै लिएको थियो । तर त्यो घटनाबारे फरक फरक तथ्यहरु आइरहेको छ । तस्वीरः राेयटर्स

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार