२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्कीमा सेनाले गर्यो ‘कु’, संसद र बिमानस्थल सेनाको कब्जामा, ४२ जना मारिए

१ श्रावण २०७३, शनिबार ०२:३२

स्तानबुल । टर्कीमा सैनिकहरुको एउटा समूहले सैन्य कु गरी सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ । सैन्य कु पछिको भिडन्तमा टर्कीको राजधानीमा ४२ जना सर्वसाधारणले ज्यान गुमाएको डेलिमेलले जनाएको छ ।

शुक्रबार रातीदेखि राजधानी अंकारा र अर्को मुख्य शहर स्तानबुलमा ठूलो मात्रामा हतियारले सुसज्जित सैनिक परिचालन गरीएको छ ।

एक टीभी स्टेशनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लिएको र छिटै नयाँ संविधान जारी हुने बताएका छन् । साथै टर्कीमा सत्ता अपदस्त गरी सैनिक कानुन लागू गरिएको घोषणा समेत गरियो ।

तर, सैनिक कू मा कुन तहका सैन्य जर्नेलको सहभागिता छ भन्ने अहिलेसम्म प्रष्ट हुन सकेको छैन् । टर्कीका प्रधानमन्त्री र राष्ट्रपतिले टर्कीको सत्ता आफ्नो नियन्त्रणमै रहेको र सैनिकहरुको सानो समूहले बिद्रोह गरी सैनिक कूको प्रयास गरेपछि त्यसलाई बिफल बनाउन लागिएको दावी गरेका छन् ।

सीएनएनसँग कुरा गर्दै टर्कीका राष्ट्रपतिले आफु स्तानबुल फर्किन लागेको र त्यहाँ पुगेपछि सवै कुरा नियन्त्रणमा लिने बताए । उनले प्रजातन्त्रका पक्षमा सडकमा उत्रिन टर्कीका जनतालाई आह्वानसमेत गरे ।

प्रधानमन्त्री र राष्ट्रपतिले सत्ता आफ्नो हातमै रहेको भनेपनि सडकमा तैनाथ ठूलो संख्याका सैनिकले मुख्य सामरिक स्थान नियन्त्रणमा लिएका छन् ।

संसद भवन, स्तानबुल र आंकाराका बिमानस्थल लगायतका स्थानमा नियन्त्रणमा लिएर बन्द गरिएको छ । स्तानबुल बिमानस्थलका सवै उडान रद्द गरी बिमानस्थल बन्द गरिएको छ । 

अचानकको कुको खवरले टर्कीका जनता र अन्तराष्ट्रिय समुदायसमेत अलमलमा परेको बीबीसीले जनाएको छ । स्तानबुल र अंकारामा बिष्फोटका आवाज सुनिएको र कु को बिरोधमा सडकमा उत्रिएकाहरुविरुद्ध सेनाले गोली चलाएको सामाजिक संजालमा स्थानीयवासिन्दाले खवर दिएका छन् ।

बिद्रोही सैनिकहरुको समूहको कुको बिपक्षमा रहेका सैनिक जर्नेललाई समेत नियन्त्रणमा लिएर सेनाको कमाण्ड आफ्नो हातमा लिएको बताइएको छ ।

टेलिभिजनमा समाचारवाचकमार्फत् सैन्य कु भएको बक्तब्य पढ्न लगाइएको भए पनि कुन तहको सैनिक नेतृत्वले कु को नेतृत्व गरिरहेको हो भन्ने प्रष्ट हुन सकेको छैन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले आगामी केही घण्टा टर्कीमा सत्ता आफ्नो नियन्त्रणमा लिन सैनिक र गैरसैनिक पक्षवीच कडा संर्घष हुनसक्ने बताएका छन् । अमेरिकी राष्ट्रपति बराक ओबामासहितका नेताहरुले टर्कीको प्रजातन्त्रका पक्षमा उभिन अन्ततराष्ट्रिय समुदायलाई आह्वान गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने