२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के कोरोना विरुद्धको खोप बन्ने तयारीमा छ ? कहिलेसम्म बन्ला ?

२०७६, २३ फाल्गुन शुक्रबार ०३:०९

फागुन २३, एजेन्सी | चीनको ऊहानबाट फैलन सुरु भएको कोरोना भाइरस (कोभिड –१९) अब संसारको ७६ देशमा फैलिसकेको छ । नेपालमा यसको संक्रमित अहिलेसम्म नदेखिएको भनिए पनि छिमेकी राष्ट्र भारतमा २९ जनामा यो संक्रमणको पुष्टि भइसकेको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको पहिलो संक्रमणको पुष्टि डिसेम्बर ३१ सन् २०१९ मा भएको थियो । तीब्र रुपमा भाइरस फैलिएपछि  ३० जनवरी २०२० मा यसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषित गरिएको थियो । 

तर सुरुवाती समयमा यो भाइरसबारे खासै जानकारी थिएन त्यसैकारण यसको उपचार पनि राम्रोसँग हुन सकेन । अहिलेसम्म यो भाइरसबाट बच्नका लागि कुनै खोप पनि बन्न सकेको छैन । यो भाइरसबारे र यसको संक्रमणको तरिकाबारे जानकारी त उपलब्ध छन् तर अहिलेसम्म यसको कुनै उपचार भेट्न सकिएको छैन ।

विश्व स्वास्थ्य संगठनसमेत विभिन्न देशका डाक्टर यो रोगसँग लड्नका लागि खोपको खोजीकार्यमा जुटेका छन् तर के यसको खोप चाँडै बन्न सक्ला ?

कहिलेसम्म बन्ला खोप ?

यो भाइरसमाथि अनुसन्धान गरिरहेका डाक्टरले यसको खोप बनाइसकेको र जनावरमा यसको परीक्षण सुरु गरिसकिएको दाबी गरेका छन् । यदि सबै कुरा सही रहे यसै वर्ष मानिसमा पनि यसको परीक्षण सुरु गरिने सम्भावना छ ।

कोरोना भाइरसका लागि खोप बनाएको भन्दै वैज्ञानिकहरु खुसी भएपनि ठूलो परिमाणमा यसको उत्पादन सुरु हुन अहिले समय लाग्नेछ ।

यसको अर्थ यो हो कि अर्को वर्ष अघि यो खोप बजारमा उपलब्ध हुने नहुने अहिले नै निश्चित छैन ।

कोरोना भाइरस (कोभिड –१९) का लागि निकै तीब्र गतीमा काम चलिरहेको छ र खोप बनाउनका लागि विभिन्न बाटो अपनाइँदैछ । यस्तोमा यसको खोपको विषयमा अहिले नै कुनै ग्यारेन्टी छैन ।

अहिलेसम्म चार प्रकारका कोरोना भाइरस पाइएका छन् जसले मानिसहरुलाई संक्रमित बनाइरहेका छन् । यी भाइरसका कारण रुघा–खोकी लाग्ने बेला देखिने लक्षण देखिन्छ र यसका लागि अहिलेसम्म कुनै खोप छैन ।

खोप कसरी बन्छ ?

मानिसको शरीरमा रगतमा ह्वाईट ब्लड सेल हुन्छ जुन उसको रोग प्रतिरोधी तन्त्रको हिस्सा हुन्छ ।

शरीरलाई क्षती नपुर्‍याई खोपमार्फत् शरीरमा अत्यधिक कम मात्रामा भाइरस वा ब्याक्टेरिया हालिन्छ । जब शरीरको रक्षा तन्त्रले यो भाइरस वा ब्याक्टेरियालाई पहिचान गर्छ तब शरीर यसविरुद्ध लड्न सिक्छ ।

त्यसपछि यदि मानिसले साँच्चै नै उक्त भाइरस वा ब्याक्टेरियाको सामना गर्छ तब उसलाई संक्रमणबाट कसरी बच्ने जानकारी हुन्छ । दशकौंदेखि भाइरससँग लड्नका लागि जुन खोप बने त्यसमा सक्कली भाइरसको नै प्रयोग हुँदै आएको छ ।

मिजल्स (दादुरा), मम्प्स र रुबेला (एमएमआर) को खोप बनाउनका लागि यस्ता कमजोर भाइरसको प्रयोग गरिन्छ जसले संक्रमण गर्न सक्दैनन् । साथै फ्लूको खोपमा पनि यसको भाइरस नै प्रयोग हुन्छ ।

तर कोरोना भाइरसमा अहिले जुन नयाँ खोप बनाइँदैछ त्यसका लागि नयाँ तरिकाको प्रयोग भइरहेको छ र जसको अहिले कम नै परीक्षण हुन सकेको छ । नयाँ कोरोना भाइरस Sars-CoV-2  को जेनेटिक कोड अब वैज्ञानिकलाई थाहा भइसकेको छ र अब हामीसँग खोप बनाउनका लागि एउटा पूरा ब्लूप्रिन्ट तयार छ ।

खोप बनाउने केही डाक्टर कोरोना भाइरसको जेनेटिक कोडबाट केही हिस्सा लिएर त्यसको नयाँ खोप तयार गर्ने कोसिसमा छन् ।

कति डाक्टर यो भाइरसको मूल जेनेटिक कोडको प्रयोग गरिरहेका छन् जुन एक पटक शरीरमा प्रवेश भएपछि भाइरल प्रोटिन बनाउँछ र शरीरले यो भाइरसबाट लड्न सिक्नेछ ।

- जेम्स गेलहर, स्वास्थ्य तथा विज्ञान संवाददाता, बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा