Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २७ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या १० हजार नाघ्यो, ३३९ को मृत्यु

२०७७, २ बैशाख मंगलवार ०९:११

वैशाख २, काठमाडौँ (रासस/एएनआई) | भारतमा गएको २४ घन्टायता ‘कोभिड १९’ संक्रमितको संख्यामा १ हजार २११ जना नयाँ थपिएका छन् । 

त्यसपछि भारतमा कोरोना भाइरसका संक्रमितको सङ्ख्या दश हजार ३६३ पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ । 

उक्त मन्त्रालयका अनुसार गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३१ रहेको पाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३३९ पुगेको छ । 

भारतमा देखिएका यी संक्रमितहरु मध्ये १ हजार ३६ जना उपचारपछि फर्किएका जनाइएको छ ।  हाल ८ हजार ९८८ जना कोरोना भाइरस संक्रमितहरु उपचाररत रहेका छन् ।

भारतको महाराष्ट्र राज्यमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या २ हजार ३३४ जना पुगेको मङ्गलबार बिहान प्राप्त समाचारमा जनाइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ ।

महाराष्ट्रपछि सबैभन्दा बढी कोरोना संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा मात्र यसका १ हजार ५१० जना संक्रमित रहेका छन् । त्यसगरी तमिलनाडूमा १ हजार १७३ सङ्क्रमित रहेका छन् ।  राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढ राज्यमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । 

गएको २४ घन्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका जनाइएको छ ।  भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सूचना टाँसेर २ बजेसम्म स्थगित विभिन्न देश पठाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनद्वारा सपथ ग्रहण धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते स्रोत, समय र अपेक्षाको चापका बीचमा बजेट ल्याइएको छ: अर्थमन्त्री वाग्ले कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो अडान कायम छ : वर्षमान पुन प्रतिनिधिसभा बैठक मंगलबारका लागि सारियो हङकङले नेपाललाई दियो १८९ रनको लक्ष्य प्रतिनिधिसभाको बैठक १५ मिनेटलाई स्थगित प्रधानमन्त्रीको मुखबाट निस्किएको कुरा उहाँको मुखबाट सच्याउन पर्छ: हर्क साम्पाङ शुक्रबारदेखि हराएका बालक पोखरीमा मृत फेला करिब एक महिना लामाे बिदापछि सर्वोच्च फर्किइन् न्यायाधीश मल्ल सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो सर्वदलीय बैठक सिंहदरबारमा जारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की