2026-06-20 09:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसबाट विश्वमा ४ लाखभन्दा बढीको मृत्यु, ७२ लाखभन्दा बढी संक्रमित

जेठ २७, काठमाडौँ (रासस/एएफपी) | कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ८ हजार ९७५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७२ लाख १० हजार १९६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 

नेपाली समयानुसार मंगलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३५ लाख ५० हजार ५५९ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ५० हजार ६६२ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ७८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख २६ हजार ५९७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख १३ हजार ६१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ११ लाख ७६ हजार ५८४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५१ हजार ३३७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ७ हजार ३०१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३६ हजार ७७१ जनाको मृत्यु भएको छ । 

युरोपमा २१ लाख १८ हजार २१६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ७९ हजार ५६८ को मृत्यु भएको छ । एसियामा १३ लाख ९९ हजार ४०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३५ हजार ७७० जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १ लाख ९९ हजार ७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ३९० जनाको मृत्यु भएको छ ।  ओसियानामा ८ हजार ८७७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ