2026-06-20 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा कोरोनाभाइरसको अवस्थामा सुधार, जर्मनीमा संक्रमित बढे

असार ५, बर्लिन (रासस–एपी) | बेलायतमा कोरोनाभाइरसको संक्रमणमा कमी आएको जनाउँदै सरकारले यसअघि जारी गरेको चेतावनीको स्तरलाई शुक्रबार घटाएको छ । अधिकारीहरुले बेलायतमा कोरोना महामारी नियन्त्रणमा आएको बताएका छन् ।

बेलायतको ज्वाइन्ट बायोसेक्युरिटी सेन्टरले यसअघिको श्रेणी ४ बाट ३ मा झार्न सिफारिस गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार श्रेणी ४ मा रहेको मुलुक भन्नाले कोरोनाभाइरसको संक्रमण उच्च रहेको हुन्छ भने श्रेणी ३ ले महामारी सामान्य अवस्थामा पुगेको र नियन्त्रणमा ल्याउन सकिने अवस्थामा रहेको भन्ने जनाउँछ । 

बेलायती स्वास्थ्य अधिकारीहरुले बेलायतमा कोरोना संक्रमणमा व्यापक गिरावट आएको बताएका छन् । बेलायतमा कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको थियो । यहाँ ४२ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु हुनुका साथै तीन लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले भाइरस फैलिनेक्रममा व्यापक सुधार हुनुमा आमजनताको प्रतिबद्ध सहयोग मुख्य रुपमा जिम्मेवार रहेको बताउनुभयो । 

यसैबीच जर्मनीमा शुक्रबार एक महिनाको अवधिमा एकै दिन ठूलो संख्यामा कोरोनाभाइरस संक्रमित व्यक्ति फेला परेका छन् । 

जर्मनीको रोग नियन्त्रण केन्द्र रोबर्ट कोच इन्स्टिच्यूटका अनुसार शुक्रबार एकै दिन ७७० जना नयाँ संक्रमित व्यक्ति भेटिएका छन् । योसहित जर्मनीमा कूल संक्रमित व्यक्तिको संख्या एक लाख ८८ हजार ५३४ पुगेको छ । 

यसैगरी चीनले बेइजिङमा एकाएक देखिएको कोरोनाभाइरस नियन्त्रणमा आएको छ । बेइजिङमा करिब ३ लाख ६० हजारमा परीक्षण गर्दा २५ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । 

बेइजिङमा गत साता १८३ जना नयाँ संक्रमित भेटिएका थिए । चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रले केही विशेष क्षेत्रमा यस्ता संक्रमणका घटना देखिनु सामान्य रहेको बताउँदै रोकथामका उपायलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ