2026-06-19 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महामारीका कारण लागु औषध सेवन गर्नेको सङ्ख्या बढ्ने खतरा

असार ११, भियना | कोभिड–१९ महामारीको कारण विश्वभर लागूऔषध सेवन गर्ने मानिसको जनसङ्ख्या बढेको संयुक्त राष्ट्र संघीय कार्यालयको एक रिपोर्टमा बताइएको छ ।

लागु औषध तथा अपराध नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (युएनओडीसी) का कार्यकारी निर्देशक गडा वालाईले भन्नुभयो, “कोभिड–१९ महामारीका कारण् हाम्रो स्वास्थ्य र सामाजिक प्रणालीहरू समस्यामा पुगेका छन् र हाम्रा समाजहरू यसको सामना गर्न संघर्ष गरिरहेका छन् । यस अवस्थामा आर्थिक मन्दीले लागु औषध दुब्र्यसनीको दरलाई अझ जटिल बनाउने खतरा रहेको छ ।”

युएनओडीसीद्वारा हालै जारी ‘वल्र्ड ड्रग रिपोर्ट’मा भनिएको छ, “सन् २०१९ मा करिब २६ करोड ९० लाख मानिसहरूले लागु औषध प्रयोग गर्ने गरेका भेटिएको छ, जुन सन् २००९ को भन्दा ३० प्रतिशत बढी हो । साथै लागु औषध सेवनका कारण तीन करोड ५० लाख भन्दा बढी मानिसको स्वास्थ्यमा समस्या हुने गरेको छ ।”

सन् २०१८ को रिपोट अनुसार संसारमा सबैभन्दा बढी प्रयोग भएको लागु औषध गाँजा हो । विश्वमा अनुमानित १९ करोड २० लाख व्यक्तिले गाँजाको सेवन गर्ने गर्दछन् । गाँजाको दुब्यशनीका कारण करिब ७१ प्रतिशत व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् ।

गाँजापछि धेरै प्रयोग हुने अफिम सबैभन्दा हानिकारक लागु औषधका रूपमा रहेको छ । 

सीमा नियन्त्रण र महामारीसँग सम्बन्धित अन्य प्रतिबन्धहरूले गर्दा सडकमा लागूपदार्थको अभाव भएको छ र मूल्य बढेको छ र शुद्धता घटेको रिपोर्टमा उल्लेख गरिएको छ । 

कोभिड–१९ को महामारीले लागु औषधहरूको बजारमा अभाव पनि देखिएको छ र यसको विकल्पमा ती पदार्थको सेवनकर्ताले सहजै पाइने रक्सी, बेन्जोडाइजेपाइन वा सिन्थेटिक औषधिहरू प्रयोग गर्नसक्ने बताइएको छ ।

महामारीको कारण हुने अवसरहरूले सबैभन्दा बढी गरिब जनसङ्ख्यालाई पार्ने र पैसा कमाउनको लागि उनीहरू लागूपदार्थको प्रयोग, लागुपदार्थको तस्करी र खेतीमा आकर्षण हुने बढी जोखिममा रहेको युएनओडीसीले जनाएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ