२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरस विरुद्धको भ्याक्सिनमा सफलता,प्रयोग अनुमतिका लागि निवेदन

२०७७, ७ मंसिर आईतवार ०४:४७

मंसिर ७, काठमाडौं | विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड -१९ )बिरुद्धको खोप फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले  प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा आवेदन दिएका छन् | 

शुक्रबार खोप निर्माण कम्पनीले सम्पूर्ण रुपमा खोप प्रभवकारी भएको भन्दै प्रयोगका लागि अनुमति मागेको हो | विश्वमा कोरोनाको कहर कायमै रहेका बेला उक्त खोप निर्माणले महत्वपूर्ण सफलता प्राप्त गरेको बताइएको छ |

उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गर्नेछ । एफडिएबाट अनुमति प्राप्त गरेमा औषधिको प्रयोगका लागि सुरक्षित मानिने छ | उक्त खोपको परीक्षणसम्बन्धी तथ्याङ्क अध्ययनका लागि एफडीएले कति समय लगाउँछ भन्ने स्पष्ट छैन । यद्यपि अमेरिकी सरकारले डिसेम्बर महिनाको मध्यसम्ममा खोपलाई स्वीकृति दिने  बताएको छ |

अन्तिम चरणका परीक्षणका तथ्याङ्कले ६५ वर्ष उमेरमाथिका मानिसलाई खोपले ९४ प्रतिशत जोगाउने देखाएको छ । बेलायतले उक्त खोपको ४ करोड मात्रा मगाइसकेको छ | एफडीएले डिसेम्बरको आधासम्ममा स्वीकृति दियो भने फाइजर र बायोएनटेक ‘केही घण्टाभित्रै खोप वितरण गर्न तयार’ भएको उनीहरूको भनाइ छ |

फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्लाले आकस्मिक प्रयोगका लागि दिइएको आवेदन ‘विश्वलाई कोभिड–१९ को खोप दिने यात्रामा यो एउटा कोसेढुङ्गा’ भएको बताएका छन् | चीनमा तयार भएको कोरोनाको खोप समेत १० लाख बढीमा लगाइएको छ । सिनोभ्याक नाम दिइएको उक्त खोपको नजिता समेत सकारात्मक आएको बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ