२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी विदेशमन्त्रीले भेटे अफगान सरकार र तालिबानका संयोजकसंग

७ मंसिर २०७७, आईतवार ०७:५०

मंसिर ७, एजेन्सी | अमेरिकी विदेशमन्त्रीले अफगानिस्तान सरकार र तालिबान सशस्त्र समूहका विद्रोहीहरुका शान्ति वार्ताका मध्यस्थकर्ताहरुसँग भेट गरेका छन् | कतारको दोहामा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शनिबार भेटेका हुन् |

ती दुवै जनासँगको सो भेटघाटका क्रममा अमेरिकी विदेशमन्त्री पोम्पेओले अफगानिस्तानमा पछिल्ला समयमा हिंसा बढेकोप्रति चिन्ता व्यक्त गरेका थिए । त्यस भेटका क्रममा विदेशमन्त्री पोम्पेओले अफगानिस्तानमा यस्तो प्रकारको हिंसालाई घटाउन, शान्ति वार्ताको समयमा गरेको प्रतिबद्धता बमोजिम युद्धविरामको अवस्था पालना गर्न पनि भनेका थिए |

पछिल्लो समय अफगानिस्तानको सरकार र तालिबानका तर्फबाट शुरु भएको भनिएको सो वार्ता पनि रोकिएकोले त्यस वार्ताको क्रमलाई अघि बढाउन पनि उनले दुवै तर्फका वार्ता टोलीका संयोजक तथा मध्यस्थकर्ताहरुलाई आग्रह गरेका थिए |

शनिबार मात्रै अफगानिस्तानको राजधानी काबुलमा रकेट आक्रमण भएको थियो | उक्त रकेट आक्रमणमा परेर कैयौँ मानिस मारिएको थिए । उक्त २३ वटा रकेट आक्रमण गरेर हिंसात्मक हमला भएको दिन नै अमेरिकी विदेश मन्त्री पोम्पेओ दोहा पुगेका छन् |

महिना अघि देखि दोहामा अफगानिस्तानको सरकार र तालिबानको शान्ति वार्ता शुरु भएको भनिएको थियो तर अहिले आएर निकै दिनदेखि सो वार्ता रोकिएको थियो । त्यसैले  अमेरिकी विदेशमन्त्री पोम्पेओले दुई पक्षबीचमा शुरु भएको सो वार्तालाई निरन्तरता दिन भनेका हुन् | यसअघि उक्त वार्ता शुरु गर्नका लागि पनि अमेरिकाले सहयोग गरेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम