८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनपछि भारतमा पनि विद्युत संकटको आशंका

१७ आश्विन २०७८, आईतवार ०२:५४

असोज १७, काठमाडौँ | एजेन्सी | चीनपछि भारतमा पनि विद्युत संकटको आशंका गरिएको छ । चीनले विद्युत र ऊर्जा संकटका कारण आर्थिक वृद्धिदरको लक्ष्य नै घटाइदिएका बेला कोइलामा निर्भरमध्येको एउटा मुलुक भारतमा पनि संकट देखिन थालेको आँकलन गरिएको हो ।

भारतीय सञ्चारमाध्यमले त्यहाँको केन्द्रीय ऊर्जा मन्त्रालयलाई उदृत गर्दै समाचारमा जनाएअनुसार १३५ पावर संयन्त्रमध्ये ७२ वटासँग आगामी दिन दिनका लागि मात्र बिजुली उत्पादन गर्न कोइला मौजदात छ । यो संयन्त्र भारतमा कुल खपतको ६६.३५ प्रतिशत बिजुली उत्पादन गर्छ । जसमध्ये ७२ संयन्त्र बन्द भएमा ३३ प्रतिशत बिजुली कमी हुनसक्ने ठानिएको छ ।

भारतमा कोरोना अघि अगस्ट-सेप्टेम्बर २०१९ मा दैनिक १० हजार ६६० करोड युनिट बिजुली खपत हुन्थ्यो भने २०२१ को अगस्ट-सेप्टेम्बरमा बढेर खपत १२ हजार ४२० करोड युनिट पुगेको छ । त्यतिखेर थर्मल पावर संयन्त्रमार्फत कुल खपतको ६१.९१ प्रतिशत बिजुली उत्पादन हुँदै आएकोमा हाल आएर १८ प्रतिशत कोइला खपत बढेको छ । तर सेप्टेम्बरमा काेइला खानी क्षेत्रमा भारी वर्षाका कारण आपूर्तिमा समस्या आएको थियो ।

भारतले कोइला उत्पादनसँगै आयात पनि गर्छ । तर,कोइला आयात पनि महँगो भइदिएको छ । इन्डिोनेसियाबाट आयात हुने कोइला दुई वर्षमा प्रतिटन ६० डलरले बढेर २०० डलर पुगेको छ । जसकारण आयात घटिरहेको भारतीय अधिकारीहरूले बताएका छन् ।

विश्वमा कोरोना संकटपछिको अर्थतन्त्र चलायमान हुन थालेसँगै चीन, भारतजस्ता ठूला मुलुकमा विद्युत संकट देखा पर्न थालेको हो । चीनको पूर्वोत्तर क्षेत्रमा कोइला आपूर्तिमा कमी आएपछि त्यहाँ विद्युत संकट बढिरहेको हो । उत्तरी चीनको टियानजिङ सबैभन्दा ठूलो बन्दरगाह पनि विद्युत आपूर्तिमा आएको समस्याले प्रभावित भएको छ । जारी ऊर्जा संकट गहिरिँदै गएमा विश्वभर विद्युतीय सामग्रीसँगै औषधि, प्लास्टिक, कार, अटोमोबाइल्ससँगै अन्य उद्योगको उत्पादनमा असर पर्न सक्ने ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?