२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्कीका राष्ट्रपतिले गरे अमेरिकासहित १० देशका राजदूतलाई देश निकाला

२०७८, ७ कार्तिक आईतवार ०३:२३

कात्तिक ७, अंकारा | एजेन्सी | टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकासहित पश्चिमा मुलुकका १० राजदूतलाई देश निकालाको तयारी गरेका छन् । 

राष्ट्रपति एर्दोगानले अमेरिका, क्यानडा, फ्रान्स, फिनल्यान्ड, डेनमार्क, जर्मनी, द नेदरल्यान्डस, न्युजिल्यान्ड, नर्वे र स्वीडेनका राजदूलाई पर्सन नन ग्रेटा घोषणा गरेका हुन् । यो एउटा कूटनीतिक शब्दावली हो जसअनुसार कुनै पनि देशको राष्ट्र वा सरकार प्रमुखले आफ्नो देशको कुनै राजदूतलाई पर्सन नन ग्रेटा घोषणा गरेपछि उ सम्बन्धित देशको दूतावासमा अयोग्य ठहर हुन्छ । पर्सना नन ग्राटाले व्यक्तिको कूटनीतिक दर्जा हटाउन सक्छ र उनीहरुलाई दिएको मान्यता फिर्ता हुन्छ । 

यसअघि टर्कीस्थित दश देशका राजदूतले एउटा संयुक्त विज्ञप्ति जारी गरेर टर्कीका ओसमान काभालाको तत्काल रिहाइको माग गरेका थिए । सरकारको बिरोध र कु प्रयास गरेको आरोपमा काभाला चार वर्षदेखि कारागारमा छन् । तर, उनीमाथि लागेका कुनै पनि आरोप प्रमाणित भएका छैनन् न त अदालतले नै उनलाई दोषी ठहर गरेको छ । 

काभालालाई रिहा गर्न मानवअधिकारसम्बन्धी युरोपेली अदालतको  आदेश पालना गर्न युरोपको मानवअधिकार सम्बन्धी निकाय काउन्सिल अफ यूरोपले अन्तिम चेतावनी दिएको थियो ।

शनिवार एउटा समूहलाई सम्बोधन गर्दै एर्दोगानले कूटनीतिक हैसियत नभएका राजदूत विदेश मन्त्रालय पुगेर आदेश दिन नपाउने धारणा व्यक्त गरे । उनले भने, ‘विदेश मन्त्रालयलाई मैले आवश्यक निर्देशन दिइसकेको छु । १० राजदूतलाई प्रसना नन ग्रेटा घोषणा गरिएको छ । तपाईहरु तत्कालै देश छोड्न सक्नुहुन्छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ