2026-06-20 04:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि न्युजिल्यान्डमा इच्छा मृत्युसम्बन्धी कानुन कार्यान्वयनमा, यी देशमा छ इच्छा मृत्युको व्यवस्था

कात्तिक २१, वेलिङटन | एजेन्सी | न्युजिल्यान्डमा आईतबारदेखि इच्छा मृत्युसम्बन्धी कानुन कार्यान्वयनमा आएको छ । न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले निश्चित मापदण्ड बनाएर आईतबारदेखि इच्छा मृत्युको सेवालाई वैधानिकता दिएसँगै यो कानुन कार्यान्वयनमा आएको हो ।  

गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५.१ प्रतिशतले इच्छा मृत्युको पक्षमा मतदान गरेका थिए । कानुन कार्यान्वयनमा आएसँगै निको नहुने रोग लागेका विरामीहरूलाई विशेष राहत मिल्ने सरकारी अधिकारीहरुले बताएका छन् । 

कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बाँच्न नसक्ने भनि कम्तिमा दुई जना चिकित्सकले सिफारिस गरेमा उसले इच्छा मृत्यु रोज्न पाउने छ । तर, इच्छा मृत्यु वरण गर्न १८ वर्ष पुगेको हुनु पर्नेछ ।

कुन कुन देशमा छ इच्छा मृत्युको व्यवस्था ?

केही युरोपेली मुलुकहरुमा इच्छा मृत्युलाई कानुनी मान्यता दिइएको छ ।  नेदरल्यान्ड, स्विट्जरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्गमा इच्छा मृत्यु वरण गर्न पाउने कानुन छ । स्पेनमा यसै वर्षको मार्चदेखि इच्छा मृत्युको व्यवस्था लागु भएको हो । 

त्यस्तै, क्यानडा र कोलम्वियामा पनि बिरामीले चाहेमा निश्चित शर्त पालना गरेर इच्छा मृत्यु वरण गर्न सक्छन् । 

इच्छा मृत्युका लागि देशअनुसार फरक फरक मापदण्ड छन् । अस्ट्रेलियाका क्विन्सल्यान्ड, भिक्टोरिया, साउद अस्ट्रेलिया र वेस्र्टन अस्ट्रेलियामा पनि इच्छा मृत्युको व्यवस्था छ । इच्छा मृत्युलाई कानुनी मान्यता दिने अन्तिम मुलुक भने पोर्चुगल हो । इच्छा मृत्युलाई कानुनी मान्यता दिने विषयमा शुक्रबार पोर्चुगलमा मतदान भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ