2026-06-20 03:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

माको र कोमुरोले छोडे जापान, निवासबाट विमानस्थल पुग्दा १०० पत्रकारको पिछा

कात्तिक २९, टोकियो | एजेन्सी | जापानकी पूर्वराजकुमारी माको अमेरिका प्रस्थान गरेकी छिन् । माको जापानको दरबार त्यागेर आफ्ना श्रीमान केइ कोमुरोसँग अमेरिका प्रस्थान गरेकी हुन् । माको र कोमुरो अमेरिका प्रस्थान गर्दा टोकियो विमानस्थलमा विशेष स्वागत गरिएको थियो ।

विभिन्न स्थानमा पछ्याएका १०० ओटा पत्रकारहरुलाई छिचोलेर यो जोडी विमानस्थल पुगेको थियो । उनीहरुले सञ्चारकर्मीले सोधेर कुनै पनि प्रश्नको जबाफ दिएनन् । 

विमानस्थलमा उनीहरूलाई सुरक्षाकर्मीले कडा सुरक्षा प्रदान गरेका थिए ।

उनीहरु न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा भाडामा बस्नेछन् । कोमुरो अमेरिकाको एउटा कम्पनीमा वकालत गर्छन् ।

जापानी कानुनअनुसार सर्वसाधारणसँग विवाह गर्ने राजपरिवारका महिला सदस्यले आफ्नो शाही उपाधि  गुमाउँछन् । सोहीबमोजिम माकोको हैसियत सर्वसाधारण नागरिकसरह भएको छ । 

विवाहपछि उनीहरु न्युयोर्कमा बस्ने बताउँदै आएका थिए । अमेरिका पुगेर माकोले काम खोज्ने छिन् । न्युयोर्क राज्यको बार परीक्षामा कोमुरो फेल भएपछि यो जोडीलाई धक्का लागेको छ । अमेरिकामा कानुनी व्यावसाय गर्न कुनै पनि वकिलले राज्यले लिने बारको परीक्षा पास गर्नुपर्छ । कोमुरो हाल न्युयोर्कको एउटा फर्मका कानुनी कारिन्दा हुन् । 


माको र कोमुरोको अमेरिका प्रस्थानलाई बेलायती राजकुमार ह्यारी र मेघन मर्केलको अमेरिका यात्रासँग तुलना गरिएको छ । उनीहरुलाई जापानको ह्यारी र मेघन भन्न थालिएको छ ।

राजपरिवारबाहिरकी युवतीसँग विवाह गरेपछि ह्यारी र मर्केल शाही उपाधि त्यागेर बेलायतबाट अमेरिका पुगेका थिए । 

चार वर्षअघि इन्गेजमेन्ट गरेपछि यो जोडी विवादमा तानिएको थियो । उनीहरुको सम्बन्ध विभिन्न सञ्चारमाध्यमहरुमा गसिप बनेको थियो । कोमुरोकी आमाले छोरासँग अफेयर्समा रहेकी एक युवतीसँग लिएको मोटो रकम नतिरेको विवरण सार्वजनिक भएको थियो । सोही कारण माकोसँगको विवाह  चार वर्ष धकेलिएको थियो ।

प्रेम सम्बन्धबारे विभिन्न सञ्चार माध्यमहरुमा नकरात्मक समाचार सार्वजनिक भएपछि माको डिप्रेसनमा पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ