2026-06-20 03:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

अमेरिका र चीनका राष्ट्रपतिबीच तेस्रो वार्ताः यस्ता छन् एजेन्डा

कात्तिक २९, न्युयोर्क | एजेन्सी | अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच सोमबार साँझ भर्चुल बैठक हुँदैछ । दुई देशबीच तनाब बढिरहेका बेला हुन लागिरहेको यो बैठकलाई धेरैले चासोपूर्वक हेरिरहेका छन् । 

केही दिनअघि जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा दुई देशले आश्चर्यजनक सहमति गरेर विश्व समुदायलाई चक्मा दिलाएका थिए । 

तर, ताइवानबारे सैन्य विवादको बढ्दो चासोसँगै यी दुई देशबीच मतभेद कायमै छ । दुई नेताबीच हुन लागेको तेस्रो बैठकमा विभिन्न विषयमा छलफल हुनेछ । 

वार्तामा साइवर सुरक्षा, व्यापार, परमाणु हतियारजस्ता विषयमा छलफल हुनेछन् । बाइडेन राष्ट्रपति भएपछि यी दुई नेताबीच वार्ता भएको छ, यद्यपी सम्बन्धमा कुनै सुधार आउन सकेको छैन् । 

के चाहन्छन बाइडेन ?

परम्परागत प्रतिद्वन्द्वी देश चीनसँग बाइडेनले खासै ठूलो अपेक्षा गरेका छैनन् । तर, वार्ताको ठोस नतिजा देख्न उनी आत्तुर छन् । दुबै जनाले अमेरिका–चीन सम्बन्ध सुधार गर्न चाहन्छन् । 

त्यस्तै, ताइवान वार्ताको मुख्य एजेन्डा हुनेछ । ताइवानमा शान्ति र स्थिरता कायम राख्न अमेरिकाले चीनलाई दबाब दिनेछन् । त्यसको जबाफमा राष्ट्रपति सीले ताईवानको सार्वभौमसत्ताबारे हस्तक्षेप नगर्ने अमेरिकी प्रतिबद्धता माग गर्न सक्नेछन् ।

के चाहन्छन् राष्ट्रपति सी ?

राष्ट्रपति सीका लागि भने ताइवान मुद्दा महत्वपूर्ण छ । ताइवान मामिला आन्तरिक भएको र त्यहाँ हस्तक्षेप नगर्न उनले अमेरिकालाई दबाब दिनेछन् । पछिल्लो समयमा ताईवानलाई लिएर अमेरिकाले देखाएको चासोप्रति चीन असन्तुष्ट छ । एक साताअघि मात्र अमेरिकी सांसदको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरेको थियो ।

भ्रमणको अमेरिकाले विरोध गरेको थियो । केही समयअघि चीनले ताइवानको हवाई आधारमा लडाकु विमान उडाएको थियो । 

त्यसको ताइवान र अमेरिका दुबैले विरोध गरेका थिए । चीनले ताइवानमाथि हमला गरे अमेरिकाले प्रतिरोध गर्ने यसअघि नै चेतावनी दिएको थियो । त्यस्तै, अमेरिकी हस्तक्षेपको निन्दा गर्दै चीनले आगोसँग नजिस्कन वासिंगटनलाई चेतावनी दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ