१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकै समाचार संस्थाका ६ जना पक्राउ

१४ पुष २०७८, बुधबार ०८:५५

काठमाडौँ | प्रहरीले एउटा स्वतन्त्र समाचार वेबसाइटका ६ जनालाई पक्राउ गरेको छ । हङकङमा ‘देशद्रोही प्रकाशनहरू प्रकाशित गर्ने षड्यन्त्र’ गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हो ।

स्ट्यान्ड न्युजका वर्तमान र पूर्वकर्मचारीहरू दुवै निसानामा थिए । स्ट्यान्ड न्युजको कार्यालयमा छापा मार्न २०० भन्दा बढी प्रहरी अधिकारीहरू परिचालन गरिएको थियो । खोजीकार्य अझै जारी छ ।

‘पत्रकारिताका सामग्रीहरू खोज्न र जफत गर्न’ आफूहरूलाई अधिकार दिइएको एक विज्ञप्तिमा प्रहरीले जनाएको छ । स्ट्यान्ड न्युजका वर्तमान र पूर्वप्रधानसम्पादक पक्राउ परेका छन् । साथै, पूर्वबोर्ड सदस्य रहेका प्रजातन्त्रको आइकन बनेका पपस्टार डेनिस हो पनि पक्राउ परेका छन् । उनले सोही आरोपमा आफूलाई पक्राउ गरी वेस्टर्न डिस्ट्रिक्ट पुलिस स्टेसनमा लगिएको फेसबुक पोस्टमा पुष्टि गरेकी छन् ।

पक्राउ पर्नेमा ३४ र ७३ वर्षबीचका तीन पुरुष र तीन महिला छन् । स्ट्यान्ड न्युजको फेसबुक पेजमा पोस्ट गरिएको फुटेजमा बुधबार बिहान सबेरै डेपुटी असाइनमेन्ट डाइरेक्टर रोन्सन चानको ढोकामा धेरै प्रहरी अधिकारीहरू देखिएको छ । चान पक्राउ परेनन्, तर उनलाई प्रहरीले सोधपुछका लागि लगेको थियो ।

यस वर्षको सुरुमा सयौँ प्रहरीले अहिले बन्द भएको हङकङ र चिनियाँ नेतृत्वको मुखर आलोचकका रूपमा चिनिने एप्पल डेलीको परिसरमा छापा मारेका थिए । यसको सम्पत्ति रोक्का गरिएको थियो, कार्यकारीहरूलाई हिरासतमा राखिएको थियो । र, त्यो पत्रिका चाँडै बन्द भयो ।

एप्पल डेली बन्द भएपछि त्यहाँ स्ट्यान्ड न्युज नै खुला रूपमा प्रजातन्त्रलाई समर्थन गर्ने समाचार संस्थाको रूपमा रहेको थियो । हङकङ जर्नलिस्ट एसोसिएसनले बुधबारको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै ‘द बेसिक ल’ अनुसार प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।

ब्रिटेनले चीनलाई हङकङ फिर्ता गर्ने बेलामा कार्यान्वयनमा आएको ‘द बेसिक ल’ले सभा–सम्मेलन गर्न पाउने स्वतन्त्रता, वाक् स्वतन्त्रतालगायत अधिकारको संरक्षण गर्छ । हङकङका अधिकारीहरूले राष्ट्रिय सुरक्षा कानुन लागु गरेपछि भिन्न मत हुनेविरुद्ध कडा कारबाही गरिरहेका छन् । सो विवादास्पद कानुनले राष्ट्रत्याग, विद्रोह र विदेशी सेनासँगको मिलेमोतोलाई अपराधको रूपमा लिन्छ र अधिकतम आजीवन कारावासको सजाय दिन्छ ।

यो कानुनले हङकङको न्यायिक स्वायत्ततालाई प्रभावकारी रूपमा घटाएको र प्रदर्शनकारी र अभियन्ताहरूलाई सजाय दिन सजिलो बनाएको आलोचकहरू बताउँछन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का