२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुंगुरको मुटु मानिसमा प्रत्यारोपण गर्दा उठ्ने नैतिक प्रश्न के हो ?

२०७८, २९ पुष बिहीबार ०८:४०

एजेन्सी | अमेरिकी नागरिक डेभिट बेनेट विश्वकै पहिलो यस्तो व्यक्ति हुन्, जसलाई अनुवांशिक रूपमा परिवर्तित सुंगुरको मुटु प्रत्यारोपण गरिएको छ । 

चिकित्सकका अनुसार ५७ वर्षीय बेनेट मानिसको मुटु प्रत्यारोपण गराउन सक्ने अवस्थामा थिएनन् । उनको कन्डिशन धेरै नाजुक भइसकेको थियो । सात घण्टाको परीक्षणको तीन दिनपछि उनको स्वास्थ्यमा सुधार आएको छ । 

यस अप्रेशनको कैयौं मानिसले तारिफ गरेका छन् । कैयौं मानिसको मान्यता छ कि यस चिकित्सकीय प्रयोगपछि प्रत्यारोपणमा जो समय लाग्ने गर्दथ्यो अब त्यसलाई कम गर्न सकिनेछ । साथै विश्वभरका मुटुरोगीको जिन्दगी पनि परिवर्तन हुनेछ । 

तर, कैयौं मानिसहरू नैतिक तरिकाले यो प्रक्रिया मान्य नहुने पनि बताउँदैछन् । बिरामीको सुरक्षा, पशु अधिकार र धार्मिक चिन्तातर्फ पनि संकेत गरिरहेका छन् ।

यस्तोमा आखिर सुंगुरबाट भएको यो प्रत्यारोपण कति विवादास्पद छ ? 

चिकित्साको नजरमा 

यो एक एक्सपेरिमेन्टल सर्जरी हो । जसमा बिरामीले निकै जोखिम उठाउन सक्नुपर्ने हुन्छ । यहाँसम्मकी मेल खाने मानिसको अंग पनि प्रत्यारोपणपछि शरीरले नकार्न सक्छ । यस्तोमा जब जनावरको कुरा आउँछ तब जोखिम अझ बढी हुन्छ । 

यस सफलतापछि मानिसमा जनावरका अंग प्रत्यारोपणबारे सोधखोज गरिरहेका छन् । कैयौं चिकित्सक अन्य अंग पनि प्रत्यारोपण गर्न सकिन्छ कि भनेर कोशिस गरिरहेका छन् । यसलाई जेनोटाँसप्लान्टेशन भनिन्छ । 

सन् १९८४ मा क्यालिफोर्नियामा एक बालिकालाई बबून –लंगुर)को मुटु प्रत्यारोपण गरेर बचाउन कोशिस गरिएको थियो । तर, प्रत्यारोपणको २१ दिनपछि ती बालिकाको मृत्यु भयो । 

यस्ता प्रकारका उपचार निकै जोखिमपूर्ण हुन्छन् । तर, केही मेडिकल नैतिकतावादीका अनुसार यदि बिरामीलाई जोखिमबारे जानकारी छ भने मात्रै अगाडि जान सकिन्छ । 

अस्फोर्ड विश्वविद्यालयमा प्राक्टिकल एथिक्सका यूहिरो चेयर प्रोफेसर जुलियन स्यावलेस्क्यू भन्छन्, ‘उपचारको तत्कालपछि बिरामी मर्छ या मर्दैन भन्ने जानकारी पाउन सकिन्न । तर, जोखम नउठाएरै अगाडि बढ्न पनि त सकिँदैन ।’

उनका अनुसार तत्काल उपलब्ध विकल्प दिनु नै महत्वपूर्ण हुन्छ । जसमा मेकानिकल मुटु र मानविय अंग प्रत्यारोपण पनि सहभागी हुनसक्छन् । डेभिट बेनेटको केसमा काम गरिरहेका चिकित्सकका अनुसार अप्रेशन सही थियो । किनकी बिरामीसँग दोस्रो विकल्प थिएन । यदि समयमै प्रत्यारोपण नगरेको भए तत्काल बिरामीको ज्यान जान पनि सक्थ्यो ।

प्रोफेसर स्लावलेस्क्यू भन्छन्, ‘कुनै पनि सर्जरीभन्दा अघि निकै निकै गम्भीर टिश्यू र नन–ह्यूमन एनिमल टेस्टिङको प्रक्रियाबाटै अघि बढ्नुपर्छ । जसबाट सुनिश्चित हुन्छ कि यो प्रक्रिया पूरै तरिकाले सुरक्षित हो ।’

तर, डेभिडको प्रत्यारोपण भने क्लिनिकल ट्रायलको हिस्सा थिएन । एक्सपेरिमेन्टल ट्रायलमा पहिलोपल्ट नै मानवमा परीक्षण गरिन्छ । जो पहिला कुनै जनावरमा गरिएको हुँदैन । 

यता यूनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरकी डाक्टर क्रिस्टिन लाउ भन्छिन्, ‘डेभिट बेनेटको उपचारमा पूरै तयारीमा कुनै चुक थिएन ।’

उनी पनि बेनेटको उपचारमा संलग्न थिइन् । ‘हामस्ले ल्याबमा दशकौंदेखि यस्तो प्रक्रिया अपनाएका छौं । मानिसलाई उक्त अंग दिन सुरक्षित छ भन्ने निश्चित भएपछि मात्रै प्रत्यारोपण गरिएको हो’, उनी भन्छिन् ।

धर्मको नजरमा 

एक अर्को उल्झन जो मानिसका लागि पैदा भएको छ, त्यो हो यस प्रत्यारोपणको प्रक्रिया आस्थाको नजरबाट हेर्दा सही देखिँदैन । जनावरको अंग मानिसमा प्रत्यारोपण गर्न धार्मिक हिसाबले कुनै हालतमा सही नहुने धार्मिक मानिसहरूको मत छ । 

वास्तवमा सुंगुरको अंग मानिसको अंगको आकारसँग मेल खाने भएका कारण नै विकल्पमा सुंगुर छनोट गरिन्छ । साथै सुंगुरको नश्ल बढाउनका लागि पनि अपेक्षाकृत सहज हुने गर्दछ । 

तर, अब सुंगुरको विकल्प यहूदी र मुस्लिम धार्मिक बिरामीलाई कसरी प्रभावित पार्दछ भन्ने मुख्य प्रश्न हो । किनकी यो जनावरबारे यी दुवै धर्ममा निकै सख्त कानून छन् । 

यहूदीको नियममा सुंगुर पाल्नु र खानु दुवै वर्जित छ । तर, यूकेका हेल्थ डिपार्टमेन्टका मोरल एथिकल एडभाइजरी ग्रुपका सिनियर रब्बी चिकित्सक मोशे फ्रिडमेन सुंगुरको मुटु प्रत्यारोपण गर्नु यहूदीका लागि नियम उल्लंघन नहुने बताउँछन् । 

उनले भने, ‘यहूदी कानूनमा पहिलो चिन्ता मानिसको जिन्दगी बचाउनु हो । एक यहूदी बिरामीलाई जनावरको अंग प्रत्यारोपण गर्न सकिन्छ । यदि मानिस जिवित रहने विकल्प आउँछ र भविष्यमा उसको जिन्दगी उत्कृष्ट हुन्छ भने ।’

इस्लाममा पनि यदि कसैको जिन्दगी बचाउने कुरा आउँछ भने जनावरको अंग प्रत्यारोपणको अनुमति छ ।  प्रोफेसर स्यावलेस्क्यूका अनुसार यदि कुनै बिरामीले धार्मिक या नैतिक आधारमा जनावरको अंग प्रत्यारोपण गर्न अस्वीकार गर्छ भने, उसलाई मान अंग दाताको प्रतीक्षा सूचीमा कम प्राथमिकता दिनु पनि हुँदैन । 

उनी भन्छन्, ‘केही मानिस भन्छन्, एकपटक तपाईसँग अंगको लागि मौका छ भने सूचीमा तल झार्नुपर्दछ ।’बिबिसीबाट |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार