पुस २९, रासस  | कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि "खतरनाक भाइरस" भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन् ।
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, रासस  | कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि "खतरनाक भाइरस" भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन् ।
"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन ‘खतरनाक’ भाइरस- डब्ल्युएचओ प्रमुख

२९ पुष २०७८, बिहीबार ०८:५२

पुस २९, रासस  | कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि "खतरनाक भाइरस" भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन् ।

"यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस  हो तर  विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ," टेड्रोसले कोभिड-१९ बारे पत्रकार सम्मेलनमा उक्त कुरा बताएका छन् । उनले यसको सङ्क्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहन समेत आग्रह गरेका छन् ।

डब्ल्यूएचओ प्रमुखले अफ्रिकाको कोभिड खोपको दरलाई उल्लेख गर्दै  भन्नुभयो "अफ्रिकामा ८५ प्रतिशत भन्दा बढी मानिसहरूले खोपको एक खुराक प्राप्त गर्न बाँकी छ। हामीले यो अन्तरलाई बन्द नगरेसम्म हामी महामारीको तीव्र चरण समाप्त गर्न सक्दैनौं।"

"हामी प्रगति गर्दैछौं, डिसेम्बरमा, कोभ्याक्स अन्तरेगत नोभेम्बरमा पठाइएको डोजको संख्या दोब्बर भन्दा बढी पठाउँछौं  र आगामी दिनमा  एक अर्ब खोप डोज पठाउने प्रयास गर्छौं," उनले भने।

उनले गत वर्ष हामीले भोगेका केही आपूर्ति अवरोधहरू अहिले सहज हुन थालेको तर यस वर्षको मध्यसम्ममा प्रत्येक देशको ७० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यमा पुग्न अझै लामो यात्रा गर्न बाँकी रहेको समेत उल्लेख गरेका छन् । ९० देशले अझै ४० प्रतिशत लक्ष्यमा पुग्न सकेका छैनन् र तीमध्ये ३६ देशले आफ्नो जनसंख्याको १० प्रतिशतभन्दा कम खोप लगाएका छन्, उनले थपे।

"डब्लुएचओ र हाम्रा साझेदारहरूले यी देशहरूलाई नेतृत्व र समन्वयमा, आपूर्ति दृश्यताको कमी, प्रदान गरिएका खोपहरूको छोटो शेल्फ-लाइफ, सीमित कोल्ड चेन क्षमता, खोप आत्मविश्वास, स्वास्थ्यकर्मीको अभाव, र प्रतिस्पर्धी प्राथमिकताहरूमा सामना गर्ने अवरोधहरू हटाउन सक्रिय रूपमा समर्थन गरिरहेका छन्।" -डब्ल्युएचओ प्रमुखले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’