४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेलको मूल्य आठ वर्षकै उच्च विन्दुमा, उत्पादक राष्ट्रले किन घटाउँदैनन्?

२१ बैशाख २०७९, बुधबार ०८:५३

बैशाख २१, काठमाडौँ । तेलको मूल्य आठ वर्षकै उच्च विन्दुमा पुगेको छ र आयातकर्ता देशहरूले तेल उत्पादक समूह ओपेक प्लसका राष्ट्रलाई आपूर्ति बढाउन भनिरहेका छन्।तर ओपेक प्लसमा रहेका देशहरू सहयोग गर्न हतारिएको देखिएका छैनन्। कच्चा तेलको मूल्य घटाउनुपर्ने विश्वव्यापी मागका माझ प्रमुख तेल निर्यातकर्ताहरूको बैठक मे ५ मा बस्दैछ।

ओपेक प्लस के हो?

ओपेक प्लस विश्व बजारमा कति कच्चा तेल पठाउने भनेर निर्णय गर्न हरेक महिना भियनामा बैठक गर्ने २३ वटा तेल निर्यातकर्ता देशहरूको समूह हो।यसको केन्द्रमा तेल निर्यात गर्ने देशहरूको संस्था ओपेकका १३ वटा सदस्यहरू छन् जुन मुख्य गरी मध्यपूर्व र अफ्रिकी देशहरू हुन्।सन् १९६० मा सामूहिक रूपमा विश्वव्यापी रूपमा तेलको आपूर्ति निर्धारण गर्न र त्यसमार्फत मूल्यमा नियन्त्रण कायम गर्न यो संस्था बनेको थियो।हिजोआज ओपेक देशहरू विश्वको कच्चा तेलको ३० प्रतिशत परिमाण उत्पादन गर्छन्। त्यो भनेको दुई करोड ८० लाख ब्यारल हो।ओपेकमा आबद्ध देशहरूमध्ये सबैभन्दा बढी कच्चा तेल उत्पादन गर्ने साउदी अरबले दिनकै एक करोड ब्यारलभन्दा बढी कच्चा तेल उत्पादन गर्छ।

रुसले प्रत्येक दिन एक करोड ब्यारल भन्दा बढी कच्चा तेल उत्पादन गर्छ र मूल्य बढी कायम राख्न ओपेकलाई सघाउँछ।सन् २०१६ मा कच्चा तेलको मूल्य घटेको समयमा ओपेकका देशहरूले १० वटा गैरओपेक तेल उत्पादकहरूसँग मिलेर ओपेक प्लस गठन गरेका थिए।उक्त समूहको सबैभन्दा ठूलो उत्पादक रुस हो जसले प्रतिदिन एक करोड ब्यारलभन्दा बढी तेल उत्पादन गर्छ।संयुक्त रूपमा यी देशहरूले विश्वको कच्चा तेलको ४० प्रतिशतभन्दा बढी उत्पादन गर्छन्।

"ओपेक प्लसले बजारमा आपूर्ति र मागका बीच सन्तुलन कायम गर्ने गर्छ," ईनर्जी इन्स्टिच्युटकी फेलो केट डरिअन भन्छिन्।"उनीहरूले तेलको माग घटेको समयमा आपूर्ति कम गरेर उच्च मूल्य कायम राख्छन्।"

तेलको मूल्य कसरी उच्च भयो?

सन् २०२० को वसन्त याममा विश्वभर कोभिड महामारी फैलिएका कारण विभिन्न देशहरूले लकडाउन लगाएको अवस्थामा खरिदकर्ताको अभावमा कच्चा तेलको मूल्य घट्यो।

डरिअन थप्छिन्, "उत्पादकहरूले मानिसहरूलाई उक्त तेललाई आफ्नो जिम्मेवारीबाट मुक्त गर्न पैसा समेत तिर्नुपरेको थियो किनभने उनीहरूसँग तेल भण्डारण गर्ने ठाउँ थिएन।"

त्यसपछि ओपेक प्लस आबद्ध सबै देशहरूले मूल्यलाई कायम राखिराख्न संयुक्त रूपमा एक करोड ब्यारल प्रतिदिनका हिसाबले उत्पादनलाई कटौती गर्ने निर्णय गरे।सन् २०२१ को जुनमा कच्चा तेलको माग पुरानै अवस्थामा फर्कन थालेपछि ओपेकले बिस्तारै उत्पादन बढाउन थाले।त्यसक्रममा उनीहरूले प्रतिदिन थप चार लाख ब्यारल तेल विश्व बजारमा पठाएका थिए।

अहिले उनीहरूले अघिल्लो वर्षको वसन्त यामभन्दा करिब २५ लाख ब्यारल कम तेल आपूर्ति गरिरहेका छन्।तर जब रुसले युक्रेनमाथि अतिक्रमण गर्‍यो कच्चा तेलको मूल्य प्रति ब्यारल १०० डलरभन्दा माथि पुग्यो।यसले पेट्रोल पम्पहरूमा तेलको मूल्य उल्लेख्य रुपले बढाएको छ।

"जब ओपेक प्लसले मे २०२० मा प्रतिदिन एक करोड ब्यारल आपूर्ति कटौती गरे, उनीहरूले निक्कै ठूलो कटौती गरे," आर्गस मिडियाका प्रमुख अर्थशास्त्री डेभिड फाइफ भन्छन्।"अहिले उनीहरूले कम गतिमा आपूर्ति वृद्धि गरिरहेका छन् जसले रुस-युक्रेन सङ्कटको प्रभावलाई ध्यान दिइरहेको छैन।"

तेल उत्पादन

तेल खरिदकर्ताहरूमाझ पनि युरोपेली सङ्घले अमेरिकाको नीतिलाई पछ्याउँदै रुसबाट हुने आपूर्तिमाथि प्रतिबन्ध लगाउने भय रहेको फाइफ बताउँछन्।युरोपले अहिले रुसबाट प्रत्येक दिन २५ लाख ब्यारल कच्चा तेल आयात गर्छ।"रुसी तेलमाथि प्रतिबन्ध लगाउने चेतावनीले बजारलाई त्रसित बनाइदिएको छ," उनी भन्छन्।"किनभने यसले गम्भीर आपूर्ति सङ्कुचनको अवस्था निम्त्याउन सक्छ।"

ओपेक प्लसले किन उत्पादन बढाउँदैन?

अमेरिकी राष्ट्रपति जो बाइडनले बारम्बार साउदी अरबलाई उसको तेल उत्पादन वृद्धि गर्न अनुरोध गरेका छन्।तर त्यसबाट केही उपलब्धि हासिल भएको छैन।

यूकेका प्रधानमन्त्री बोरिस जोनसनले साउदी अरब र यूएईको भ्रमणका क्रममा दुवै देशलाई उत्पादन वृद्धि गर्न भनेपनि उनको अनुरोधलाई पनि अस्वीकार गरिएको थियो।

"साउदी र यूएईको थप क्षमता छ तर उनीहरू स्वयंले निर्णय लिएर आफ्नो उत्पादन बढाउन अस्वीकार गरिरहका छन्," केट डरिअन भन्छिन्।"उनीहरू पश्चिमा आदेशबाट त्यस्तो गर्न चाहँदैनन्।"

"उनीहरूले आपूर्ति र मागबीचको दूरी साँघुरो भइरहेको बताइरहेका छन् र अहिलेको उच्च मूल्यले तेल खरिदकर्ताहरूको त्रासमात्रै झल्काइरहेको बताइरहेका छन्।"आर्गस मिडियाका फाइफ भन्छन्, "नाइजीरिया र अङ्गोला जस्ता उत्पादक पछिल्ला वर्षमा आफ्नो कोटाबाट संयुक्त रूपमा दैनिक १० लाख ब्यारलसम्म उत्पादन गर्न विफल भइरहेका छन्।

उनले थपे, "महामारीको समयमा लगानी घट्यो र कतिपय अवस्थामा तेल केन्द्रहरूको राम्रोसँग मर्मत सम्हार गरिएन।""अहिले उनीहरूले उत्पादन पूर्ण क्षमतामा बढाइयो भने आफूहरूले परिणाम दिन नसक्ने थाहा पाइरहेका छन्।"  बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता