युरोप जाने रुसी ग्यास युक्रेनले रोकेको आरोप

Posted on: 12 May, 2022

वैशाख २९, काठमाडौँ | एजेन्सी | युक्रेनले युरोपलाई आपूर्ति गरिने रुसी ग्यास रोकेको आरोप रुसले लगाएको छ । 

रुसी कम्पनी गाजप्रोम कर्पोरेसनले सोख्रानोव्कामा रहेको ट्रान्जिट युक्रेनले बन्द गरेको जनाएको छ ।सोख्रानोव्का हुँदै रुसबाट युरोप एक तिहाइ ग्यास पुग्ने गर्छ । 


युक्रेनको यस्तो गतिविधिका कारण ग्यास आपूर्तिको विश्वसनीयता घट्ने गाजप्रोमको भनाइ छ । 

यसै पनि रुसबाट युक्रेनको बाटो हुँदै जर्मनी पुग्ने ग्यासको भोलुम २५ प्रतिशतले घटेको जर्मनीको नियामक संस्थाले जनाएको छ । 

यस्तो अवस्थामा रुससँग हाइड्रोकार्बन किन्ने जर्मनी तथा युरोपका अन्य मुलुकको प्रतिक्रिया रोचक हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!