५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नातिनातिना नजन्माएको भन्दै छोरा–बुहारीविरुद्ध मुद्दा !

२ जेष्ठ २०७९, सोमबार ०३:३२

जेठ २, नयाँ दिल्ली | एजेन्सी | विवाह गरेको ६ वर्षपछि पनि नातिनातिना नजन्माएको भन्दै भारतको उत्तराखण्डका एक दम्पतीले आफ्नो एक मात्र छोरा र बुहारीविरुद्ध मुद्दा हालेका छन् । ६१ वर्षीय सञ्जीव प्रसाद र ५७ वर्षीय साधना प्रसादले आफ्नो छोरालाई हुर्काउन, पाइलटको तालिम दिन र  भव्य विवाहको लागि आफ्नो बचत खर्च गरेको बताउँछन् । 

एक वर्षभित्र नातिनातिना नजन्माए छोरा बुहारीले क्षतिपूर्ति बापत ६ लाख ५० हजार अमेरिकी डलर दिनुपर्ने उनीहरुको माग छ । यस मामिलामा उनीहरूका छोरा बुहारीले कुनै टिप्पणी गरेका छैनन् । मानसिक उत्पिडनका कारण सो मुद्धा दायर भएको बताइएको छ । 

आफूले बचत गरेको सबै सम्पत्ति छोराका लागि खर्च गरेको सञ्जिब बताउँछन् । ६५ हजार डलर खर्चेर उनले छोरालाई सन् २००६ मा पाइलटको तालिमका लागि विदेश पठाएका थिए । 

तालिम सकेर छोरा सन् २००७ मा स्वदेश फर्किएका थिए, तर कुनै जागिर पाएनन् । त्यसपछि सञ्जिव परिबारले उनलाई दुई वर्षभन्दा बढी आर्थिक रूपमा सहयोग गरेको दी टाइम्स अफ इन्डियाले जनाएको छ । 

अन्ततः दुई वर्षभन्दा केही समयपछि ३५ वर्षीय श्रीय सागरले चालकको जागिर पाए । सन् २०१६ मा एक युवतीसँग छोराको विवाह गरिदिए । विवाहदेखि नै उनीहरूले छोराबुहारीबाट नातिनातिनाको अपेक्षा गरेका छन् । 

विवाहमा पाँच तारे होटलमा पार्टी आयोजना गरेको, ८० हजार डलरको सुविधासम्पन्न गाडि किनिदिएको र विदेशमा हनिमुन मनाउन खर्च दिएको समेत अभिभावकले बताएका छन् । 

‘छोराले विवाह गरेको ६ वर्ष भयो, तर पनि उनीहरूले सन्तानको कुनै योजना बनाएका छैनन्,’सञ्जिबले भने, ‘ कम्तिमा हामीले नातिनातिनासँग समय बिताउन पाए हाम्रो पीडा सहन्थ्यौँ । ’ मानसिक क्रूरताका कारण अभिभावकले पैसा मागेको उनका वकिलले बताएका छन् 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता