१२ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मारिउपोलमा सयौं युक्रेनी लडाकुद्वारा आत्मसमर्पण, रुसबाट मृत्युदण्डकाे धम्की

४ जेष्ठ २०७९, बुधबार ०६:३४

जेठ ४, काठमाडौँ | हप्तौंको प्रतिरोधका बाबजुद पनि युक्रेनको मारिउपोल स्थित एजोभ्स्टाल स्टिल कारखानाबाट युक्रेनका लागि लडिरहेका सेनासहितका लडाकुहरू आत्मसमर्पण गर्न बाध्य भएका छन् । बुधवार आत्मसमर्पण गरेका २५० भन्दा बढी युक्रेनी लडाकुहरूको भविष्य अब के हुन्छ भन्ने चिन्ता बढेको छ ।

मारिउपोलमा युक्रेनमा रुसी युद्धको सबैभन्दा विनाशकारी घेराबन्दी भएको थियो । कयौं दिनको युद्ध र कयौंले ज्यान गुमाएपछि युक्रेनी लडाकुको आत्मसमर्पणले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि एक विजयको दाबी गर्न अनुमति समेत दिएको टिप्पणी आउन थालेको छ ।

रुसी बख्तरबंद सवारीसाधनले पछ्याइरहेको गाडीहरू सोमबार मारिउपोल आएका थिए । पाँच जनालाई रुसी नियन्त्रित सहर नोवोआजोभस्क लगिएको थियो । जहाँ मस्कोले घाइते लडाकुहरूको उपचार गरिने बताएको छ।


एजोभस्टालबाट युक्रेनी लडाकुहरू बोकेका सात वटा बसहरू डोनेट्स्क नजिकै रुसी नियन्त्रित ओलेनिभका सहरमा नयाँ पुनः खोलिएको जेलमा लगिएको रोयटर्सका प्रत्यक्षदर्शीले बताएका छन् ।

रुसले कम्तीमा २५६ युक्रेनी लडाकुहरूले आफ्ना हतियार राखेर आत्मसमर्पण गरेको बताएको छ, जसमा ५१ गम्भीर घाइते छन्। युक्रेनले भने ५३ घाइतेसहित २६४ सैनिक त्यहाँ रहेको बताएको छ ।

रुसी रक्षा मन्त्रालयको भिडियोमा लडाकुहरूले प्लान्ट छोडेको देख्न सकिन्छ । सो क्रममा कोहीलाई स्ट्रेचरमा बोकेको र कसैले हात माथि गरेको देखिएको छ ।

ओलेनिभका सहरमा लगिएका लडाकुहरूमा महिलासमेत रहेको रोयटर्सको भिडियोले देखाएको छ। दुवै पक्षले युक्रेनी सेनाहरूले स्टिल कारखाना छोड्ने सम्झौताको कुरा गरे पनि के कस्तो किसिमको सहमति भएको थियो भन्नेबारेका धेरै जानकारीहरू सार्वजनिक भएका छैनन् ।

क्रेमलिनले पुटिनले व्यक्तिगत रूपमा बन्दीहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवहार गर्ने ग्यारेन्टी दिएका थिए । युक्रेनी अधिकारीहरूले भने आफ्ना लडाकुलाई रुसी बन्दीहरूको लागि साटासाट गर्न सकिने कुरा गरेका थिए ।


युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले घाइतेहरूको अवस्था स्थिर भएपछि कैदी साटासाट व्यवस्था गर्ने लक्ष्य राखेको बताएकी छन् ।

संयुक्त राष्ट्रका लागि रुसी उप राजदूत दिमित्री पोल्यान्स्कीले भने कुनै सम्झौता नभएको टिप्पणी गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, 'मलाई थाहा थिएन अंग्रेजीमा एउटै सन्देश व्यक्त गर्ने यति धेरै तरिकाहरू छन्, अजोभनाजीहरूले बिना सर्त आत्मसमर्पण गरेका छन्।'

तास समाचार एजेन्सीका अनुसार मस्कोले 'युक्रेनी शासनको अपराध' भन्ने अनुसन्धानको हिस्साका रूपमा एजोभ्स्टालमा लडिरहेका लडाकुमाथि सोधपुछ नर्गे बताइएको छ ।

हाई प्रोफाइल रुसी सांसदहरूले कैदी साटासाट गर्ने कुराको विरोध गरेका छन् ।

रुसको तल्लो सदन स्टेट ड्यूमाका सभामुख व्याचेस्लाभ भोलोदिनले युक्रेनी लडाकुलाई नाजीको संज्ञा दिँदै साटासाट गर्न नहुने टिप्पणी गरेका छन् । उनले भनेका छन्, 'नाजी अपराधीहरूलाई साटासाट गर्नु हुँदैन।'

युक्रेनसँगको वार्तामा रुसका वार्ताकारहरू मध्येका एक सांसद लियोनिद स्लुत्स्कीले ती लडाकुहरूलाई मानव रूपका जनावरहरू भन्दै उनीहरूलाई मृत्युदण्ड दिनुपर्ने टिप्पणी गरेका छन् ।

सन् २०१४ मा रुस समर्थित पृथकतावादीहरूसँग लड्न चरम दक्षिणपन्थी स्वयंसेवक मिलिशियाको रूपमा गठन भएको आजोभ रेजिमेन्टले फासिस्ट वा नव नाजी भएको कुरा अस्वीकार गर्दै आएको छ ।

युक्रेनले यसलाई सुधार गरी नेशनल गार्डमा एकीकृत गरेको बताएको छ । रुसले आत्मसमर्पणपछि बन्दी बनाएका युक्रेनी लडाकुमाथि कस्तो व्यवहार गर्छ र रुसी बन्दीसँग साटासाट गर्छ या गर्दैन भन्ने विषयले यिनीहरूको भविष्य अस्पष्ट बनेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा ‘अन्य आदेश’ कम्बोडिया काण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानविन गर्नुपर्छ: राप्रपा काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो एनपीएलमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा ग्रुपले कार दिने दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो जीत घरको फोहोर सडकमा थुपार्दा १० हजार जरिवाना हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ प्रदर्शनको तीन दिनमा कति कमायो फिल्म ‘तेल भिसा’ ले ? एनपीएलका लागि टिकट मूल्य सार्वजानिक, कुन दिनको कति पर्छ टिकटको मूल्य ? भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा