यौन दुर्व्यवहारकाे आशंकामा बेलायतकाे कन्जरभेटिभ पार्टीका सांसद पक्राउ

Posted on: 18 May, 2022

जेठ ४, लन्डन | बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एक सांसद पक्राउ परेका छन् । सन् २००२ देखि २००९ को अवधिमा दुव्र्यवहार गरेको आरोपमा उनलाई हिरासतमा राखिएको महानगरीय प्रहरीले पुष्टि गरेको छ ।उनको पहिचान गोप्य राखिएको छ । 

अनुसन्धान भइरहेकाले उनलाई प्रमुख सचेतकले संसदमा उपस्थित नहुन भनेका छन् । उनीमाथि  सार्वजनिक कार्यालयमा विश्वासको पदको दुरुपयोगको आरोप पनि लागेको छ ।


‘सन् २००२ देखि सन् २००९ को अवधिमा गरिएको भनिएको यौन दुर्व्यवहारबारे महानगरीय प्रहरीले सन् २०२० को जनवरीमा एउटा रिपोर्ट प्राप्त गरेको थियो’, महानगरीय प्रहरी प्रवक्ताले भने  ।

उनले अगाडि थपे, ‘अभद्र व्यवहार, यौन दुव्र्यवहार, बलात्कार, विश्वासको दुरुपयोग र सार्वजनिक पदकाे दुरुपयाेग  गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको थियो । ’

यस बिषयमा तपाइको प्रतिक्रिया...!