२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबको विदेशी मुद्रा भण्डार कति ठूलो छ ?

२०७९, ११ जेष्ठ बुधबार १०:५८

जेठ ११, काठमाडौं | साउदी अरेबियाका अर्थमन्त्री मोहम्मद अल-जदानले मन्त्रालयले अन्ततः कर घटाउने बारे विचार गर्नेबारे जानकारी दिएका छन् ।  सन् २०२० मा कर १५ प्रतिशतले बढाइएको थियो ।

सन् २०२० मा कोरोना महामारीका बेला तेलको मागमा कमी आएपछि साउदी अरबको अर्थतन्त्रमा प्रत्यक्ष असर परेका कारण तेलको मूल्य घटेको थियो । मुलुकलाई आर्थिक संकटबाट जोगाउन कर तीन गुणा बढाइएको थियो ।


साउदी अरेबियाका अर्थमन्त्रीले डाभोसमा विश्व आर्थिक मञ्चलाई भने, ‘हामीले कर घटाउने निर्णय गरेका छौँ, तर हामी अझै पनि हाम्रो विदेशी मुद्रा सञ्चितिमा आएको कमीलाई पूरा गर्ने प्रयास गरिरहेका छौँ ।’

मार्च २०२२ मा साउदी अरबको विदेशी मुद्रा सञ्चिति ४२५.८ बिलियन डलर थियो ।

साउदी अर्थमन्त्रीले साउदी अरबको आर्थिक नीतिअनुसार विदेशी मुद्रा भण्डार देशको कुल घरेलु उत्पादनको निश्चित प्रतिशतभन्दा कम हुन नसक्ने बताए ।

विश्वको सबैभन्दा ठूलो तेल निर्यातक साउदी अरबको अर्थतन्त्र एक ट्रिलियन डलरको छ । तर, अब तेलमा आफ्नो अर्थतन्त्रको निर्भरता घटाउन चाहन्छ । सन् २०२२ को बजेटमा यसबाट हुने फाइदालाई ध्यानमा राखेर भौतिक दिगोपन कार्यक्रम ल्याउन लागिएको बताइएको छ  ।

‘हामी भौतिक दिगोपन नीति निर्माण गर्ने अन्तिम चरणमा छौँ,’ मोहम्मद अल-जदानले रोयटर्स समाचार एजेन्सीलाई भने ।

उनले साउदी अरेबियाले विगत पाँच वर्षमा विदेशी मुद्रा सञ्चितिबाट एक खर्ब रियाल खर्च गरिसकेको बताए । यसको अहिले पनि पुनः पूर्ति भइरहेको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण