५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जलवायु परिवर्तनले पृथ्वीमा असर गरिरहँदा यो प्राणीले लिएको छ फाइदा

१८ जेष्ठ २०७९, बुधबार ०८:२१

जेठ १८, न्युयोर्क | अहिले मानिसदेखि जनावर, चराचुरुङ्गीदेखि स–सान किराहरू सबै प्राणी जलवायु परिवर्तनको नकरात्मक असरको प्रत्यक्षदर्शी बनेका छन् । तापक्रममा भएको बृद्धिले जैविक प्रणालीलाई नै परिवर्तन गरेको छ । 

वर्षा सिजनले जनावर र विरुवाको वासस्थान नाश भइरहेको छ । बढ्दो खडेरी र अप्रत्यासित हिमपात पृथ्वीका प्राणी जाेखिममा छन् ।  

यद्यपि, बढ्दो तापमानले वास्तवमा एउटा प्रजातिलाई फाइदा गरेको छ । त्यो हो र्‍याटलस्नेक । अमेरिकाको मिसिगन विश्वविद्यालयको नेतृत्वमा गरिएको एक अध्ययनले पत्ता लगाएको छ कि र्‍याटलस्नेकहरू चिसो रगत भएका प्राणी भएकाले उच्च तापक्रम मन पराउँछन् । 


न्यानो जलवायुका कारण उनीहरूले उजाडयुक्त स्थानमा बढी समय बिताउँने र कम समय सुत्ने एउटा नयाँ अध्ययनले देखाएको छ । 

अध्ययनका लागि अनुसन्धानकर्ताहरूको समूहले प्रशान्त क्षेत्रका र्‍याटलस्नेकको जाँच गरेका थिए । यी सर्पहरू ८६ देखि ८९ डिग्री फरेनहाइट तापक्रम मन पराउने पत्ता लागेको थियो । प्रशान्त क्षेत्रका र्याटलस्नेक दक्षिणी क्यालिफोर्नियाको मरुभूमिमा पाउन सकिन्छ । तिनीहरू वासिंगटन जस्तो चिसो क्षेत्रमा पनि बस्न सक्छन् ।  

युनिभर्सिटी अफ मिसिगनमा विद्यावारधीका छात्र हेली क्रोवेलले भने, ‘उनीहरू उत्तम संसारमाभन्दा चिसो तापक्रममा रहन्छन् । जलवायुमा केही डिग्री वृद्धि भयो भने पनि उनीहरू खुशी हुन सक्छन् किनभने यो ताापक्रम उनीहरूले मन पराउछन् । ’

शिकार तथा पानीको कम उपलब्धता र जंगलमा लागेको आगोको जोखिम बढेकोले रेटलस्नेकहरूले नकारात्मक प्रभावहरूको सामना पनि गरेका छन् । तर, र्‍याटलस्नेकमा अन्य जनावरमाभन्दा न्यून मेटाबोलिजम हुने र बाँच्नका लागि धेरै खानेकुरा आवश्यक नपर्ने क्रोवेलको भनाइ छ । अध्ययन इकोलोजी एन्ड इभोलुसन जर्नलमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता