५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व प्रेमिकालाई अपहरण गरी अनुहारमा आफ्नो नामको ट्याटु बनाइदिएपछि…..

१८ जेष्ठ २०७९, बुधबार ०८:३४

जेठ १८, काठमाडौँ | एजेन्सी | ब्राजिलका एक व्यक्तिले पूर्व प्रेमिकालाई अपहरण गरेर च्यापुमा आफ्नो नामको ट्याटु बनाइदिएका छन् । उनले यसो गरेर पूर्व प्रेमिकामाथि ब्रेकअपको बदला लिएका थिए ।

१८ वर्षकी तयाने काल्दास ब्राजिलको राज्य साओ पाउलोमा अघिल्लो शुक्रबार स्कूल जाँदै थिइन् । त्यतिबेला उनको भेट पूर्व प्रेमी गेब्रियल कोइल्होसँग भयो । उनले तयानेलाई जबर्जस्ती कारमा राखे । नमान्दा आक्रमण गर्ने हो कि भन्ने डरले उनी थपक्क कारमा बसिन् । त्यसपछि उनलाई पूर्व प्रेमीको घरमा लगियो । त्यहाँ उनका २० वर्षका पूर्व प्रेमीले तयानेको दाहिने कानदेखि मुन्तिर चिउँडोसम्म आउने गरी आफ्नो पूरा नामको ट्याटु बनाइदिए । गेब्रियलले ट्याटु बनाएको आरोप अस्वीकार त गरेनन्, तर तयानेले निकै खुसीका साथ यसो गर्न दिएको भन्न भ्याए ।


भोलिपल्ट तयानलेकी आमाले छोरी हराइरहेको रिपोर्ट दर्ता गरेर गेब्रियलको घरमा ट्र्याक गर्ने बन्दोबस्त मिलाइन् । उनले आफ्नी छोरीलाई घर लगिन् र उनको नयाँ अनुहारको ट्याटु र चोट लुकाउनुको सट्टा दुर्व्यवहार गर्ने प्रेमीविरुद्ध मुद्दा दर्ता गर्न प्रोत्साहित गरिन् ।

अडिटी सेन्ट्रलका अनुसार​ गेब्रियललाई शनिबार हिरासतमा लिइएको थियो । उनका बुवाले तयाने प्रेमीको पूरा नामको ट्याटु गालामा बनाउन पाउँदा निकै खुसी भएको दाबी गर्दासमेत उनलाई पक्राउ गरिएको हो ।

‘मलाई उसँग डर लाग्छ,’ तयानेले टिभी ब्यान्ड भ्यालेसँग भनिन् । ‘आजकालका कानुन, सबैलाई थाहा छ कि ऊ धेरै समयसम्म जेलमा बस्ने छैनन्, यो पूरा घटनासँगै मलाई उसँग असाध्यै डर लागेको छ ।’

तयानेका वकिलले उनीमाथिको भयानक घटना अनलाइनमार्फत् साझा गरेका छन् । यससँगै धेरै ब्राजिलियन इन्फ्लुएन्सर र ट्याटु हटाउने पसलहरुले उनलाई मद्दत गर्न अग्रसर भए । १८ वर्षीया किशोरीले बुधबार अनुहारबाट ट्याटु हटाउने पहिलो लेजर सेसन गरिन् । उनले गेब्रियलको नामको अन्य दुईवटा ट्याटु पनि हटाउने योजना बनाएकी छिन् ।

यी दुईले सन् २०१९ देखि डेटिङ सुरु गरेका थिए । सुरुमा सबैकुरा राम्रो र सामान्य नै थियो । तर करिब एक वर्षपछि ट्याटु आर्टिस्ट गेब्रियल असाध्यै शंकालु हुन थाले र उनीमाथि कुटपिट गर्न थाले । त्यति नै बेला उनकी आमाले ती प्रेमीलाई छोडिदिन भनेकी थिइन् । त्यसपछि यी दुईको ब्रेकअप भयो र त्यसको करिब ८ महिनापछि कुटपिट नगर्ने बचन दिएपछि यी दुई पुनः सम्बन्धमा रहे । तर उनले आफ्नो बाचा तोडे ।

तयानेका अभिभावकले छोरीलाई केही महिनाका लागि साओ पाउलो पनि पठाए तर उनी घर फर्कने बित्तिकै उनलाई पुनः धम्की दिन सुरु गरिहाले ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता