पाकिस्तानमा गुडिरहेकै रेलमा रेलकै कर्मचारीद्वारा महिला बलात्कृत

Posted on: 01 Jun, 2022

जेठ १८, काठमाडौँ | पाकिस्तानमा गुडिरहेकै रेलमा एक महिला बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।

पाकिस्तानी मिडियाहरूका अनुसार पाकिस्तानको कराचीदेखि मुल्तानको रुटमा चल्ने रेलमा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्ने तिनै जना रेलकै कर्मचारी रहेका छन् । उनीहरूले आफ्नो मोबाइलमा बलात्कार गर्दै गरेको भिडियो समेत खिचेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!