उत्तर कोरियामा कोभिड संकट गहिरिएको हुनसक्छः डब्लूएचओ

Posted on: 02 Jun, 2022

जेठ १९, न्युयोर्क | एजेन्सी | विश्व स्वास्थ्य संगठन (डब्लूएओ)ले उत्तर कोरियाको कोभिड माहामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ । १२ मेमा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गत साता कोभिड नियन्त्रणमा आएको दाबी गरेको थियो । सरकारी सञ्चार माध्यम केसीएनले संक्रमणका घटनामा कमी आएको जनाएको थियो ।

 डब्लूएचओका आपतकालीन निर्देशक माइकल रायनले सो दाबीमाथि प्रश्न गरेका छन् ‘हामीलाई लाग्छ त्यहाँको अवस्था राम्रोभन्दा पनि झन बिग्रिएको छ ।’विश्वबाटै एक्लिएको अधिनाकयबादी देश उत्तर कोरियाले केही सीमित जानकारी उपलब्ध गराएको उनले बताए । 

उत्तरले यसअघि ‘ज्वरो’बाट लाखौँ नागरिक प्रभावित भएको बताएको थियो । उत्तर कोरियामा ३० लाख जनामा कोभिड संक्रमण देखिएको तर उसको आधिकारिक विवरणमा संक्रमणलाई ज्वारो भनिएको पनि डब्लूएचओले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!