४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० वर्षभित्र मंगल ग्रहमा मानिस पठाउने मस्कको योजना कहाँ पुग्यो ?

१९ जेष्ठ २०७९, बिहीबार ०५:३४

जेठ १९, न्युयोर्क | एजेन्सी | सन् २०११ मा अर्बपति एलन मस्कले १० वर्षभित्र मानिसलाई मंगल ग्रहमा पठाउने बाचा गरेका थिए । त्यसको एक दशकपछि इन्टनरेट प्रयोगकर्ताहरूले मस्कसँग जबाफ मागेका छन् । मानवतालाई ‘बहु–ग्रहको प्रजाति’ बनाउने उद्देश्यका साथ स्पेसएक्सका सीईओलेसमेत रेका मस्कले रातो ग्रहमा बस्ती बसाउने बताएका थिए । 

Elon Musk Says He'll Take Humans To Mars In Five Years, But Is It Possible?

स्पेसक्राफ्ट इन्जिनियरिङ कम्पनीले मंगल ग्रहमा चालक दल र कार्गो लैजान सक्ने रकेटको नमूना विकास गरिरहेको छ । मस्कले सन् २०११ को अप्रिलमा अमेरिकी पत्रिका वाल स्ट्रीट जर्नलसँगको एक अन्तर्वार्तामा मंगल ग्रहमा मानिसलाई पठाउने विषयमा आफ्ना धारणा सार्वजनिक गरेका थिए ।

उक्त अन्तर्वामा मस्कले मंगल ग्रहमा मानिस कहिले अवतरण गर्न सक्छन् भन्ने समयसीमा दिएका थिए । ‘ भनेजस्तो भए १०  वर्ष । खराब अवस्था आए १५ देखि २० वर्ष’ मस्कले भनेका थिए । एउटी नयाँ आमाले प्रशान्त महासागरमा आफ्नो छोरालाई जन्म दिएको भिडियो शेयर गरेपछि भाइरल भएको छ ।

१० वर्ष बितेपछि उनको अन्तवार्ताबारे फेरि चर्चा हुन थालेको छ । उनको भनाईको स्कृन सटलाई ट्वटीर प्रयोगकर्ताले सेयर गरेका छन् । भिडियो भाइरल भएको छ । भिडियोमा ३७ हजार ६ सयले लाइक गरेका छन् भने ३ हजार ४८ पटक रिट्वीट गरिएको छ । भिडियोबारे सयौँले कमेन्ट गरेका छन् । 

‘उनको सो प्रतिज्ञा पूरा गर्न मस्कलाई हामी सक्दो चाँडो पठाऔँ,’ एक प्रयोगकर्ताले सामाजिक सञ्जालमा जोक गरेका छन् । ‘ ए मस्क, मंगल मिसनबारे तपाइँ कहाँ हुनुहुन्छ ?’, अर्का प्रयोगकर्ताले प्रश्न गरेका छन् । 

ट्वीटरमा नै मस्कले यसै वर्षको सुरुमा सन् २०२९ मा मानिसले मंगलमा पहिलो पाइला राख्न सक्ने संकेत गरेका थिए । ‘सन् २०२९ एक निर्णायक वर्ष जस्तै लाग्छ । हामीसँग एजीआई छैन भने म छक्क पर्नेछु । आशा छ, मंगल ग्रहमा मानिसहरू पनि’ उनले ट्वीट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल