फैसलाविरुद्ध पुनरावेदन गर्दै एम्बर

Posted on: 03 Jun, 2022

जेठ २०, काठमाडौं | एजेन्सी | हलिउड अभिनेता जोनी डेपकोविरुद्ध मानहानी मुद्दामा एम्बर हर्डले पुनरावेदन गर्ने भएकी छन् । उनका वकिल एलेन ब्रेडहोफ्टले अदालतको फैसलाबारे आफ्नो धारणा राख्दै एम्बरले अदालतको फैसलाविरुद्ध अपिल गर्ने चाहना राखेको खुलाएकी छन् ।

वकिल एलेनले अपिलका लागि एम्बरसँग केही उत्कृष्ट आधार रहेको दाबी गरेकी छन् । ‘यो अदालतमा कैयौं कुराको अनुमति दिइएको थियो, जुन विषयलाई यसअघि कहीँ पनि अनुमति दिइएको थिएन । जसकारण जुरी भ्रमित हुन पुगे । मलाई उनलाई यूकेको फैसलाको बारेमा कुरा गर्न अनुमति थिएन’,एलेनले भनेकी छन् ।

सन् २०१८ मा एम्बरले जोनीविरुद्ध द वासिङटनमा एक लेख छपाएर आफूमाथि जोनीले घरेलु हिंसा गर्ने गरेको आरोप लगाएकी थिइन् । यो लेख छापिएपछि जोनीले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् ।

यो मुद्दाका विषयमा करिब ६ हप्तासम्म सुनुवाइ चल्यो । आफूमाथि जोनीले घरेलु हिंसा, कुटपिट, यौनहिंसा गर्ने लगायतका आरोपसहित उजुरी दिएकी थिइन् । जोनीले पनि एम्बरमाथि घरायसी हिंसाको आरोप लगाएका थिए ।

अदालतले बिहीबार जोनीको पक्षमा फैसला सुनाउदै एम्बरलाई डेपलाई मुआब्जाका रुपमा १४ मिलियन डलर पैसा बुझाउन आदेश दिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!