२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फैसलाविरुद्ध पुनरावेदन गर्दै एम्बर

२०७९, २० जेष्ठ शुक्रबार ०४:५९

जेठ २०, काठमाडौं | एजेन्सी | हलिउड अभिनेता जोनी डेपकोविरुद्ध मानहानी मुद्दामा एम्बर हर्डले पुनरावेदन गर्ने भएकी छन् । उनका वकिल एलेन ब्रेडहोफ्टले अदालतको फैसलाबारे आफ्नो धारणा राख्दै एम्बरले अदालतको फैसलाविरुद्ध अपिल गर्ने चाहना राखेको खुलाएकी छन् ।

वकिल एलेनले अपिलका लागि एम्बरसँग केही उत्कृष्ट आधार रहेको दाबी गरेकी छन् । ‘यो अदालतमा कैयौं कुराको अनुमति दिइएको थियो, जुन विषयलाई यसअघि कहीँ पनि अनुमति दिइएको थिएन । जसकारण जुरी भ्रमित हुन पुगे । मलाई उनलाई यूकेको फैसलाको बारेमा कुरा गर्न अनुमति थिएन’,एलेनले भनेकी छन् ।

सन् २०१८ मा एम्बरले जोनीविरुद्ध द वासिङटनमा एक लेख छपाएर आफूमाथि जोनीले घरेलु हिंसा गर्ने गरेको आरोप लगाएकी थिइन् । यो लेख छापिएपछि जोनीले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् ।

यो मुद्दाका विषयमा करिब ६ हप्तासम्म सुनुवाइ चल्यो । आफूमाथि जोनीले घरेलु हिंसा, कुटपिट, यौनहिंसा गर्ने लगायतका आरोपसहित उजुरी दिएकी थिइन् । जोनीले पनि एम्बरमाथि घरायसी हिंसाको आरोप लगाएका थिए ।

अदालतले बिहीबार जोनीको पक्षमा फैसला सुनाउदै एम्बरलाई डेपलाई मुआब्जाका रुपमा १४ मिलियन डलर पैसा बुझाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन